महोत्तरी। जसपा नेपालको कार्यक्रम भइरहँदा शहिद तथा घाइते परिवारहरुले कार्यक्रम स्थल घेराउ गरेका थिए । जसपा अध्यक्ष उपेन्द्र यादवको विशेष उपस्थितीमा जनकपुरधाम उद्योग बाणिज्य संघमा भइरहेको अभिमुखिकरण कार्यक्रमको मुख्य प्रवेशद्वारमै शहिद परिवार तथा घाइते हकहित संघर्ष समितिले विरोध प्रदर्शन गर्दै नाराबाजी गरेका थिए ।पिडितहरुले सरकारले आफुहरुलाई रोजगार दिन्छु भन्दै नियुक्ती पत्र दिएको तर काम गर्न नपाएको दुःख व्यक्त गरेका छन् । २०६२, २०६३, २०७२ सहितको मधेश आन्दोलन र मधेश बिद्रोहहरुमा आफनो ज्यानको आहुती दिएका मध्ये ५४ शहिद परिवारका सदस्यहरुलाई एक शहिद परिवार एक रोजगार कार्यक्रम अन्तर्गत नियुक्ती पत्र दिएपनि २७ जनाले मात्र काम पाएको २७ जना अलपत्र रहेको उनीहरुको दुखेसो छ ।प्रदेश सरकारले आफुहरुको मन बहलाउन मधेश शहिद स्मृती प्रतिष्ठान गठन गरेको पाँच महिना भएपनि सञ्चालनमा आउन नसकेको भन्दै उनीहरु आफुुहरु पटक पटक मन्त्रालय र सरकारी अड्डामा चार वर्ष देखि धाउने गरेको भएपनि कसैले नसुनेको गुनासो गरेका छन् ।
उनीहरु प्रदेश सरकारले नसुनेपछि मधेशको मसिहा र आन्दोलनका अगुवा उपेन्द्र यादव जनकपुरधाम आएको सुनेपछि आफुहरु यहाँ आएको बताए । त्यसपछि उनीहरुलाई मनाउन पुर्व आन्तिरक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवलाई पठाइएको थियो ।तर पनि उनीहरु मानेनन । पछि करिव चारघण्टाको पहल पछि प्रदर्शनरत शहिद परिवारका सदस्यलाई कार्यक्रम स्थलमा लगेर गम्छा ओढाई सम्मान गरिएको थियो । तर उनीहरुले आफुहरुलाई गम्छा र सम्मान भन्दा रोजगार, शहिद घोषणा वाँकी रहेकालाई घोषणा र घाइतेलाई क्षतीपुर्ती आवयश्क रहेको बताउछन् ।