
महोत्तरी : नेपाली जनता संचारकर्मी संगठनको प्रदेश न.२ को पत्रकार अरविन्द कुमार महतोलाई मनोनयन गरिएको छ ।
नेपाली जनता दलका केन्द्रिय बैठकबाट केन्द्रिय अध्यक्ष हरिचरन साहले जारी गरेको सूचना अनुसार प्रदेश न.२ को अध्यक्षमा अरविन्द कुमार महतो मनोनित भएका छन् । महतो रेडियो टुडे बाट सुरुवात गरेको पत्रकारिता मधेसको पहिलो रेडियो रेडियो जनकपुर हुदै रेडियो रेडियो धनुष ९९.७ मेगाहर्जमा कार्यरत हुन्।
प्रदेश २ को आगामी अधिवेशन सम्मका लागी मनोनयन गर्दै संचारकर्मी सगठनलाई विस्तार गर्न प्रदेश न.२ को ८ औटै जिल्ला कार्य समिति तथा कार्यालय स्थापना साथै आफ्नो पदिय जिम्मेवारीलाई संगठनको केन्द्रिय अध्यक्षको निर्देशन संचार संहितामा रहि कुसलता पुर्वक कार्य सम्पादन गर्न भनिएको हो ।