![](https://shirishnews.com/wp-content/uploads/2021/09/KP-Sharma-Oli.jpg)
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ्य भएका छन् ।
ओली अस्वस्थ भएपछि शनिबारका औपचारिक कार्यक्रम र भेटघाट बन्द गरिएको छ ।
उनलाई हल्का ज्वरो आएको छ । त्यसैले शनिबारको सबै कार्यक्रमहरु र भेटघाट रोकिएको छ ।
शनिबार नेकपा (एमाले) काठमाडौँ महानगर कमिटीले महानगरस्तरीय बृहत् कार्यकर्ता भेला गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।