महोत्तरी– महोत्तरीको बर्दिबास पशुपतिनगरका रामबाबु महतो पुस्तौँदेखि आफूले हकभोग गर्दै आएको जमिनमा एकाएक गाउँकै रामभजन महतोले लालपुर्जा देखाउँदै आफ्नो भएको दाबी गरेपछि छाँगाबाट खसेजस्तै भए । अहिले आफ्ना बाबुबाजेले पुस्तौँदेखि उपभोग गर्दै आएको करिब ३ कठ्ठा जग्गामा लालपुर्जा देखाउँदै अधिग्रहण गरेको जग्गा फिर्ता दिलाउन महतो विभिन्न सरकारी कार्यालयमा धाइरहेका पनि कुनै सुनुवाइ हुन सकेको छैन ।
उक्त जग्गाबाटै पारिवारिक भरणपोषण गर्दै आएका महतोलाई भएको जग्गासमेत अर्कैले खाइदिएपछि जीविकोपार्जनमा अप्ठेरो परेको छ ।