
महोत्तरी। प्रदेश २ का जिल्लाहरुमा लोकपर्व चौठचन्द्र अर्थात चौरचन शुक्रवार साँझ मनाइएको छ ।
भाद्र शुक्लपक्षको चतुर्थी तिथीमा घरमा विभिन्न पकवान बनाई, पुजा आजागरि अनेक प्रकारको फलफुल लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा चौरचनमा रहिआएको छ । चौरचनमा दही, खीर र पुरीको विषेश महत्व रहन्छ ।
साँझमा व्रती महिलाले खीर, पुरी, पिरुकिया, खचुरी, मिठाई, फलफुल राखेर ‘‘मरर भरेर’ अर्थात थुपारेर पूजा गर्छन् । त्यसपछि चन्द्रमाको दर्शन गर्ने गरिन्छ ।
घरपरिवारको कल्याणकोलागि गरिने चौठचन्द्र पर्वमा फलफुल हातमा राखेर चन्द्रमाको दर्शन गर्नाले अभिषप्त चन्द्रमा दोष रहित हुने जनविश्वास छ । https://m.facebook.com/story.php?story_fbid=311708250729584&id=104607344773010

