
ढल्केवर (धनुषा)
छोराछोरीको जीवन बिमा गराएका बृजेश्वर दयालको अल्पआयुमै मृत्यु भएपछि उनका सन्तानलाई एशियन लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेडले भरपोषण तथा शिक्षा वापत मासिक रुपमा खर्च उपलब्ध गराएको छ ।
शनिबार एक कार्यक्रमबीच कम्पनीको विरेन्द्रबजारस्थित कार्यालयका कर्मचारीहरुले मृतक प्रस्तावक तथा अभिभावक दयालको छोराछोरीलाई तीन महिनाको एकमुष्ट १६ हजार नौ सय ५० रुपैयाँ मासिक खर्च वापतको रकम उपलब्ध गराएको हो ।
विरेन्द्रबजार कार्यालयका प्रमुख आलेकाअनुसार मृतक प्रस्तावक दयालको छोराछोरीको उमेर १६ बर्ष नपुगेसम्म मासिक पाँच हजार छ सय ५० रुपैयाँका दरले भरणपोषण तथा शिक्षाका लागि कम्पनीले रकम उपलब्ध गराइरहने छ ।
कम्पनीका कलस्टर प्रमुख पुरुषोतमप्रसाद कुर्मी र विरेन्द्रबजार कार्यालय प्रमुख इन्द्रबहादुर आले, वडा अध्यक्ष तथा स्थानीयवासीको रोहवरमा सो रकम उपलब्ध गराइको बताइएको छ ।
कार्यक्रममा आलेले समाजमा विद्यमान नकारात्मक असर तथा जीवन बिमाको महत्वबारे प्रकाश पार्नु भएको थियो ।
यसैगरी, गणेशमान चारनाथ नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष जयन्द्र भट्टराईले ‘हाम्रो समाजमा जीवन बिमासम्बन्धी जनचेतना अझ बढाउनुपर्ने आवश्यक्ता रहेको र आफ्नो परिवारका सदस्यहरुको बिमा गरिसकेको बताए ।