
महोत्तरी- महोत्तरीको भंगाहा नगरपालिका वडा न. १,२,६,८ को छात्राहरुलाई श्री महेन्द्र मा. बि. सिंग्याहीमा प्रदेश सरकारद्धारा प्रदेश न.२ को महिला सांसद मन्जु यादबको प्रमुख अगुवाईमा साईकल वितरण गरिएको छ ।
महेन्द्र मा.बि. सिंग्याही महोतरीमा “बेटी पढाउ बेटी बचाउ कार्य क्रम” अन्तर्गत कक्षा ८ मा अध्यनरत ५५ छात्राहरुलाई साईकल बितरण गरियो।
साईकल वितरण कार्यक्रममा सांसद मन्जु यादबले गुणस्तरीय शिक्षाका साथै छोरीहरुको मनोवल बढाउन साईकल वितरणले ठुलो सहयोग मिल्ने बताए । शिक्षा, स्वास्थ्य सहित प्रत्येक क्षेत्रमा पछि परेका महिलालाई अगाडि बढाउन प्रदेश सरकार प्रतिबद्ध रहेको भन्दै उनले छोरीलाई शिक्षित र सबल बनाउन नै ‘बेटी पढाउ, बेटी बचाऊ’ अभियान ल्याइएको बताए।
साइकल वितरण कार्यक्रममा भंगहा नगरपालिकाका मेयर संजिव साहको पनि उपस्थिती रहेको थियो ।