महोत्तरी- मटिहानी नगरपालिकामा सोमबार राति पुरानो रिसईबी साध्न तिनजना युवक माथि एक समुहले कुटपिट भएको छ । कुटपिटबाट युववहरु घाइते भएका छन् ।
भारतको मधवापुर बजारमा गणेश पुजनोत्सवको अवसरमा आयोजना गरिएको आर्केष्टा नाच हेरेर मध्यराति घर फर्किरहेका मटिहानी नगरपालिका वडानं. ७ बस्ने राजन मण्डल, राकेश राण र आशुतोष मण्डल माथि सोही ठाउँ बस्ने अमित चौधरी, निरज चौधरी र जितेन्द्र चौधरी सहित ८/१० जनाको समूहले चारै तिरबाट घेरा हालेर मरनासन हुने गरि कुटपिट गरी घाइते बनाइ दिएका छन्।
घाइतेहरुको प्रारम्भिक उपचार जलेश्वर अस्पतालमा गरेर थप उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ ।
मादक पदार्थ सेवन गरि ती समूहले मेयरको मान्छे भन्दै चारै तिरबाट घेरेर फाईटर र छुरी प्रहार गरी आक्रमण गरेर घाइते बनाएको घाइते राजन मण्डलले जानकारी दिएको छ । घाइते तीनै जनाको टाउको, कान , हात र शरिरको विभिन्न भागमा चोटपटक लागेको छ ।
वर्ष दिन अगाडी दुर्गा पुजाको अन्तिम दिन मटिहानीमा भएको दुई पक्षिय झडप भएको थियो । सोहि झडपको रिसिवि साध्न उनीहरुले मेयरको मान्छे भन्दै हामीहरुमाथि आक्रमण गरेको घाइतेहरुले आरोप लगाएको छ।
आर्केष्टा हेरेर आउदै गर्दा दशगजा मै रहेको घर अगाडी दर्जनौ जनाले मिलेर एक्कासी आक्रमण गरेको बताउदैं घाइते राजनले भने ,‘हामीहरु आफ्नै सुरमा रहेकोले आक्रमण गर्ला भन्ने ध्यानै गएन, घर अगाडी पुग्दा एक्कासी उनीहरुले फाईटर र चाकुले चारै तिरबाट हान्न थाले ।’
मटिहानी प्रहरी चौकीका प्रहरी नायव निरिक्षक सुमन सिंहले भारतीय भूमिमा झडप भएको स्विकार्दैं यससम्बन्धी लिखित उजुरी अहिले सम्म नपरेको बताए । आफु अहिले चौकी बाहिर रहेको कारणले फर्केर लगतै घटना बारे अनुसन्धान गरेर थप विवरण दिने वताए ।