वर्दिवास- बर्दिवास नगरपालिकाको गौरबको आयोजना “नगर कृषि कार्यक्रम” भित्रको पोखरी निर्माणको कामलाई लिएर गलत हल्ला फैलाईएको बर्दिवास नगरपालिकाले जनाएको छ ।
मंगलबार पत्रकार सम्मेलन गरि “नगर कृषि कार्यक्रम” अन्तर्गत मोडेल एग्रो भिलेजमा बनाईएको माछा पोखरीको विषयमा विभिन्न संचार माध्यमले गलत र भ्रामक समाचार सम्प्रेषण गरेको बर्दिवास नगरपालिकाका मेयर विदुर कार्किले बताए ।
टुडेपाटि अनलाईनबाट प्रकाशित “कृषि पोखरी खन्ने नाममा बर्दिबासका मेयर कार्किले कानुन विपरीत करोडौँको ग्राइभेल बेचेको खुलासा” शिर्षकको समाचार कपोकल्पित र भ्रामक रहेको भन्दै उक्त गलत समाचार प्रति बर्दिवास नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको मेयर कार्किले बताए ।
समाचारमा लेखिएको विषयको तत्थ्य पुष्टि गरिदिन पनि मेयर कार्किले माग गरेका छन् । मंगलवार नगरपालिकाले पत्रकार सम्मेलन गरि उक्त समाचारको विषयमा आपत्ति प्रकट गरेको हो । माछा पोखरी निर्माण गर्न आ.व. २०७६-०७७ मा कान्जीरोवा एग्रो कन्सल्टेन्ट प्रा.लि. नामक परामर्शदाताद्धारा प्रारम्भिक वातावरण परिक्षण सम्बन्धी अध्ययन गराई जिल्ला समन्वय समिति महोत्तरीबाट प्रतिवेदन स्वीकृत पछि काम अघि बढेको थियो ।
राष्ट्रिय गौरब तथा राष्ट्रिय प्राथामिकता प्राप्त र सरकारी आयोजनामा नियमाअनुसनर लाग्ने रोयल्टी समेत लिएर साधारण निर्माणमुखी सामग्री सरकारी सडक आयोजनाकै काममा उपलब्ध गराउने निर्णयको आधारमा पोखरी खन्ने काम भएको नगरपालिकाले जनाएको छ । पोखरी खन्दा निस्केको साधारण रोडा,मिस्कट, ग्राभेल बर्दिवास–जलेश्वर सडक स्तरोन्नतिको लागि शहरी सडक योजना कार्यालय बर्दिवासको सिफारिशमा सडकका कन्ट्रक्टर शिवालय दिवा जेभीलाीई ५० हजार घन मिटर दिने र धनुषा र महोत्तरीको हुलाकी सडक निर्माण योजनाको लागी हुलाकी राजमार्ग योजना कार्यालय जनकपुरको सिफारिसमा रोशन कन्सट्रक्शन प्रा.लिलाई १ लाख ५० हजार घन मिटरको दिने भएको निर्णय अनुरुपनै काम भएको नगरपालिकाले जनाएको छ ।
पोखरी खन्दा निस्कने साधारण रोडा,मिस्कट ग्राभेल प्रदेश २ ले तोकेको अधिकतम दर रेटमा मुल्य अभिवृद्धि कर समेत समावेश गरि रोयल्टी लिई उपलब्ध गराएकोमा मनोमानि ठेक्का लगाएर १५ लाख घनमिटर निर्माण सामाग्रि निकालेर मेयरले अकुत सम्पती कमाएको भन्दै गम्भिर आरोप सहित छापिएको तत्थ्यहिन समाचार तत्काल सच्चाएर फैलिएको गलत भ्रम उक्त संचारमाध्यमले चिर्नुपर्ने मेयर कार्किले बताए ।
नगरले गरेको काममा मात्रै नभई व्यक्तिगत रुपमा समेत क्रसर उद्योगहरुमा मेयरको नाम जोडेको प्रति पुष्टि गरि तथ्यमा आधारीत समाचार लेख्न मेयर कार्किले आग्रह गरका छन् । गलत समाचार सम्प्रेषण गरि गलत हल्ला फैलाउने जो कोहि विरुद्ध कानुनी बाटो अपनाएर भएपनि आफु“ले गरेको काम सहि तरिकाले गरेकोछु भनि जनतामाझ पुष्टि गर्न आफु“ तयार रहेको मेयर कार्किले बताए ।
स्थानिय तहलाइ प्राप्त अधिकारको प्रयोग गरि २०७५-०७६ बाट वर्दिवास गौरबको आयोजनाको रुपमा संचालन गरेको बर्दिवास नगर कृषि कार्यक्रम भित्र पर्ने मोडेल एग्रो भिलेज भित्र पर्ने हाई टेक नर्सरी,जैविक विविधता पार्क, आई.सी.टी. भवन, पशु प्रजनन केन्द्र, माछा हयाचरी तथा मत्स्य पालन लगायत विविध कृषि तथा पशु विकाससँग सम्बन्धित महत्वपूर्ण कामहरु नगरले गर्ने जनाएको छ । त्यसै महत्वपूर्ण काम मध्य माछा पोखरी निर्माणको कामपनि एक महत्वपुर्ण काम भएको नगरले जनाएको छ ।
शिवालय दिवा जेभी संग माछापोखरी खन्दा निस्किएको ५० हजार घन मिटरको ढुङ्गा,रोडा तथा ग्राभेलको ७९ लाख ७३ हजार २ सय ८० रकम नगरपालिकालाई प्राप्त भएको र १ लाख ५० हजार घनमिटरको रोशन कन्सट्रक्शन संग २ करोड ३९ लाख १९ हजार ८ सय ४० रकम मध्य १ करोड १२ लाख ६० हजार ४ सय नगरलाई प्राप्त भैसकेको बर्दिवास नगर प्रशासन शाखाले जनाएको छ । उक्त कम्पनीहरुसंग बा“कि रकम असुलउपर गर्न बैक ग्यारेन्टि दिने बैंकलाई २०७८ बैशाख ३० गते पत्रचार गरिएको नगर प्रमुख कर्किले जनकारी दिए । माछापोखरी खन्दा निस्केको साधारण निर्माणमुखि रोडा,मिस्कट,ग्राभेल बिक्रिबाट नगरलाई २ करोड ८२ लाख ३३ हजार १ सय ११ रुपैया आम्दानी भएको र त्यसमा ६३ लाख ७६ हजार ४ सय ८४ रुपैंया असुल उपर गर्ने क्रममा रहेको बर्दिवास नगरपालिकाको प्रशासन शाखाले जनाएको छ ।