
जनकपुरधाम- विश्वकर्मा पूजाको तयारीका लागि बिहीबार धनुषा र महोत्तरीकाे सबै बजारमा किनमेल गर्नेको चहलपहल बढेको छ।
प्रत्येक वर्षको असोज १ गते विश्वकर्माको पूजाका साथ आफ्ना सवारी साधन, कल कारखानामा प्रयोग गरिने धातुजन्य उपकरण, औजार आदिको पूजा गर्ने गरिन्छ।
विश्वकर्मा पूजाका लागि फलफुल, मिठाई, विश्वकर्मा बाबाको तस्विर लगायतका पूजाका सामग्री खरिद गर्न मोरङका विभिन्न स्थानबाट आउने ग्राहकहरूको चहलपहल बढेको छ। गत वर्षको तुलनामा यो वर्ष पूजाको सामाग्रीको व्यापार बढेको स्थानीय व्यापारीहरू बताउछन्।