
महेन्द्रनगर - धनुषाको क्षीरेश्वरनाथ नगरपालिको मुख्य बजार क्षेत्र महेन्द्रनगरमा आज देखि होन्डा मोटर साइकलको शोरुमको उद्घाटन गरिएको छ।

नन्दनी अटो इन्रटप्राइजेजले संचालन गरेको यस होन्डा शोरुमको आज एक समारोह बीच क्षीरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियार पानसमा बत्ती बाली तथा रिवन काटी उद्घाटन गरेको हुन् ।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मेयर पजियारले जनकपुर पछिको धनुषा जिल्लाको दोश्रो ठूलो शहरको रुपमा विकसित हुँदै गएको महेन्द्रनगर बजार एक व्यपारिक केन्द्र भएको बताए । उनले यस बजारमा अहिले जिल्लाका अधिकांश व्यपारीहरुले लगानी गरि कुनै प्रतिष्ठानको सुरुवात गरौं भनेर आफू संग सल्लाह लिने गरेको बताए । उनले महेन्द्रनगर बजारलाई सौन्दर्यकरण गर्नको लागि नगरपालिका विभिन्न योजनाहरु तयार गरिसकेको र चाडै नै कार्यन्वयन गरिने जनाए ।

होन्डा मोटर साइकलको शो रुम महेन्द्रनगर मै संचालन भएपछि अब यस क्षेत्रका होन्डाका ब्रान्डका मोटर साइकल र स्कुटी प्रयोग गर्ने उपभोक्ताहरुलाई अब जनकपुर र वर्दिवास जाने बाध्यता हटेको छ ।

नन्दनी अटो इन्रटप्राइजेजका संचालक प्रदीप साहले यस क्षेत्रका होन्डा ब्रान्डका मोटर साइकल र स्कुटी प्रयोगकर्तालार्ई गुणस्तरीय सर्भिस र नयाँ खरिद गर्नेलाई पनि विभिन्न प्याकेज ल्याएर सुविधा प्रदान गर्ने जनाए ।
