
महोत्तरी- महोत्तरीमा प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्र नेपालको जिल्ला स्तरिय सम्बाद समितिको वैठक शुक्रवार सम्पन्न भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख सुरेश प्रसाद सिंहको अध्यक्षतामा उहाकै कार्यकक्षमा सम्पन्न उक्त बैठकमा नापी कार्यालय,मालपोत कार्यालय,प्रहरी,वार एसोसिएसन,विभिन्न सामुदायिक संघ संस्था तथा पालिका उपप्रमुखहरु तथा उपाध्यक्षहरु समेतको उपस्थिति रहेको थियो ।
जिल्लामा जल,जमिन र जंगल कै विषयमा हुने विभिन्न प्रकारको द्वन्द समाधान गर्दै आएको प्राकृतिक श्रोत द्वन्द रुपान्तरण केन्द्रले काम गर्दाको अनुभव साझा गर्दै स्थानिय तहहरुसंग थप उर्जाका साथ साथ र सहयोगको अपेक्षा गरेका छन् ।
यता संस्थाका पुर्व क्षेत्रिय संयोजक हिम बहादुर विसीले संस्थाको उदेश्य वारे प्रकाश पार्दै संस्थाले समुदायमा हुने जल,जमिन र जंगल सम्बन्धि विभिन्न द्वन्द रुपान्तरण गर्न सफल भएको बताएका थिए ।
उनले अझै स्थानिय तहहरुमा थप कार्य गर्नु पर्ने भएकोले उपप्रमुखहरु,उपाध्यक्षहरु र अन्य सम्बन्धित निकायहरु समेतको अहम भुमिका रहेको बताएका थिए ।
त्यस्तै कार्यक्रमका जिल्ला संयोजक तथा राष्ट्रिय स्रोत व्यक्ति कृष्ण गौतमले महोत्तरी जिल्लामा सम्पन्न गतिविधी वारे सम्बाद समितिलाई जानकारी गराएका छन । उनले अभियानलाई प्रभावकारी रुपमा संचालन गर्न वैठकका सहभागिहरुबाट सल्लाह सुझाव र प्रतिवद्धता समेत व्यक्त गरिएको थियो ।
सम्वाद कार्यक्रममा विभिन्न वक्ताहरुले काम गर्दाको आफ्नो अनुभव साझा गर्दै सवै निकायको समान भुमिका आवश्यक रहेको बताएका थिए । समाजमा विभिन्न सामान्य विषयहरु मेलमिलाप कै माध्यमले सम्भव भएकोले मेलमिलापलाई स्थानिय तहले मुद्दाको प्रकृति अनुसार अगाडी बढाउनु पर्ने उहाले बताए ।
कार्यक्रमका अध्यक्षता गरेका जिल्ला समन्वय समिति प्रमुख सिंहले समेत जिल्लामा अझै सयौ मुद्दा थाती रहेकोमा स्थानिय तहहरुले जनताको मन जितेर पार्टीको प्रभाव र दवाव विना जनताको समस्या समाधानमा अग्रसरता देखाउन र सवै पिडितलाई आफु कुनै पार्टी भन्दा पनि निर्वाचित भएर आईसकेपछि सवैको भएको अनुभुुति दिलाउन आवश्यक रहेको बताएका थिए । अझै स्थानिय तहहरुमा पिडितले न्यायको लागि जानु भन्दा पनि सामान्य विवादमा समेत प्रहरीमै जाने गरेको प्रति उनले लक्षित गर्दै सो बताएका थिए ।
जल,जमिन र जंगलकै समस्या प्राय हरेक ठाउमा भएकोले यस्ता ठाउमा भएका द्वन्दहरुलाई रुपान्तरण गर्दै लैजानु पर्ने उहाले वताए ।