जनकपुर
किसानले बडो मिहनेत गरेर उत्पादन गरेको धानबालीलाई अकस्मात् भएको बर्षाको पानीले क्षति पु¥याएपछि नेपाली काँग्रेसका युवा नेता कपिलदेव यादवले तीनै तहका सरकारसँग किसानलाई राहत उपलब्ध गराउनुपर्ने माग गरेका छन् । कतिपय किसानले धानबाली काटेर घर भित्रियाउन तरखर गरिरहेको र कतिपय किसानले लगाएको धानबाली काट्ने बेला भएको यो समयमा अबिरल बर्षाको पानीले पुरै नष्ट भएको छ ।
घर भित्रियाउने बेला परेको अबिरल बर्षाले धानबाली पुरै नष्ट भएको छ । बर्षाको पानीले देशभरका किसानले उत्पादन गरेका अन्नबालीमा क्षति पुगेको छ । यस्तो अवस्था किसानको सच्चा सारथी बन्दै उनीहरुलाई उचित राहत उपलब्ध गराउन तीन तहका सरकारसँग जोडदार माग गर्दछु, काँग्रेस युवा नेता यादवले भने ।
उनीहरुलाई बिउबिजन, मलखाद तथा आर्थिक सहयोग गर्न जरुरी देखिएको छ । बेमौसमी वर्षा तथा हावाहुरीका कारण देशैभरका किसानका बालीनालीमा क्षति पुगेको भन्दै नेता यादवले किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन ढिला नगर्न समेत आग्रह गरे ।
यादवले समाजिक सञ्जाल फेसबुकमा समेत पीडित किसानलाई क्षतिपुर्ति तथा राहतको व्यवस्थ ागर्न माग गरेका हुन् ।
कतिपय किसान ऋण लिएर खेतीपाती गर्ने किसानको एक मात्र आयस्रोतको रुपमा रहेको धानबाली नष्ट हुँदा किसान मर्कामा परेका छन् । सरकारको यसतर्फ ध्यानाकर्षण गराउदै मर्कामा परेका किसानलाई तत्काल राहतस्वरूप क्षतिपूर्ति उपलब्ध गराउन जोडदार माग गर्दछु’ यादवले समाजिक सञ्जालमा लेखेका छन् ।