
महोत्तरी - महोत्तरीबाट लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ सहित एक भारतीय नागरीकलाई गिरफ्तार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीले दिएको जानकारी अनुसार गिरफ्तार हुनेमा भारत विहार राज्यको सितामाढी जिल्ला वरियारपुर ८ बस्ने ३१ वर्षीय सोभित शर्मा रहेको छ ।
शर्मालाई प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको नियमित चेकजाँच टोलीले भारतबाट मनरासिस्वा तर्फ आउँदै गरेको द्यच् घण् त्त ठडठण् नम्बको मोटरसाकल रोकि चेकजाँच गर्दा भारतीय रु. २००० दरको नोट ४ थान, ५०० दरको नोट २२४ थान, २०० दरको नोट ९ थान, १०० दरको नोट १ थान र ५० को नोट १ थान गरी जम्मा १लाख २१ हजार ९ सय ५० बरामद भएको महोत्तरी प्रहरीका प्रवक्ता डीएसपी प्रकाश विष्टले जनाए ।
शर्माले लुकाई छिपाई ल्याएको भारतीय रुपैयाँ फेला परेपछि उनलाई मोटरसाइकल सहित नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको डीएसपी विष्टले जनाए।