
महोत्तरी। ४० किलो चाँदीसहित एक जना रौतहटबाट गिरफ्तार गरिएको छ ।
पक्राउ पर्नेमा गौर नगरपालिका ४ स्थित बसपार्कबाट सर्लाहीको मलंगवा नगरपालिका २ का ३५ वर्षीय विद्यानन्द साह सोनार छन् ।
रौतहट गौर नगरपालिका–४ गौर बसपार्कमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेक जाँच गर्ने क्रममा बस काउण्टरबाट आउँदै गरेका सोनारलाई चाँदीसहित गिरफ्तार गरेको हो।
गिरफ्तार परेका उनको साथबाट दुई वटा झोलामा रहेको ४० किलो चाँदी बरामद गरिएको रौतहटका प्रहरीले जानकारी दिए।
बरामद गरिएको चाँदीको बजार मूल्य रु. ३९ लाख ४४ हजार रहेको उनले बताए। सोनारलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाइएको चिमरियाले बताए।