महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाको क्षीरेश्वरनाथ नगर प्याबसन इकाई कमिटिको दोश्रो वार्षिक साधारण सभा आज सम्पन्न भएको छ।
प्याबसन इकाई कमिटिको दोश्रो वार्षिक साधारण सभाले ७ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ ।
नयाँ कार्यसमितिको अध्यक्षमा सुजित कापरी, सचिवमा कृष्णकुृमार लामा, कोषाध्यक्षमा महेश महतो चयन भएका छन् भने सदस्यहरुमा राम सिठ महतो, विजय विश्वकर्मा, सुधा देवी यादव, लक्ष्मण साह रहेका छन् ।
क्षीरेश्वरनाथ नगरपालिका ७ हरिहरपुरको ओम एकेडेमीको प्रांगनमा भएको साधारण सभाको अध्यक्षता क्षीरेश्रवनाथ नगर प्यावसन इकाई कमिटिका अध्यक्ष सुजित कापरीले गरेका थिए भने प्रमुख आतिथ्यता प्याबसनका केन्द्रिय सदस्य नागेन्द्र शर्माको रहेको थियो ।
सो अवसरमा प्याबसन धनुषा अध्यक्ष गणेश साह, प्रदेश सदस्य जगदीश प्रसाद सिंह लगायतको उपस्थिती रहेको थियो ।