जनकपुरधाम- जनकपुरधामको पीडारी चोकमा आज साँझ एक टिपरको ठ क्करले एक मोटर साइकल चालकको मृ त्यु भएको छ। मृ त्यु हुनेमा आनन्द किशोर दास नाम गरेको भारतीय नागरीक रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
धनुषाका प्रहरी प्रवक्ता डीएसपी जितेन्द्र कुमार बस्नेतको अनुसार जनकपुरबाट ढल्केबर तर्फ जान लागेको ना . ७ ख ४७४८ नम्बरको टिपर विपरीत दिशाबाट आउदै गरेको मोटरसाइकललाई ठ क्कर दिएको थियो । ठ क्कर दिएपछि मोटर साइकल टिपर मुनि पस्न गएको हुँदा मोटरसाइकल चालकलाई टाउँकोमा चोट लागेर गम्भिर घाइते भएको थियो । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्याएको थियो । तर उपचारको क्रममा उनको मृ त्यु भएको प्रहरीले जनाएको छ।
उक्त घटना पश्चात आ क्रोसित स्थानीयले टिपरमा आ गजनी गरेका छन् । आ गजनीबाट टिपर पूर्ण रुपमा जलेर क्ष तिग्र स्त भएको प्रहरीले जनाएको छ ।
आगजनी पछि प्रहरी प्रशासनले भीडलाई नि यन्त्रण गर्दै बारुण यन्त्रको सहायताले आगो निभाएपनि टिपर जलेर पूर्णरुपले क्ष ति ग्रस्त भएको छ ।