महोत्तरी । भन्सार छलेर नेपाल भित्र्याईएका रांगा प्रहरीको नियन्त्रणमा। महोत्तरीबाट करिब ४ लाख बराबरको रांगा नियन्त्रणमा लिएको छ ।
शनिवार बिहान साढे ५ बजेको समयमा सोनमा गाउपालिक ३ गोबरहियास्थित छिमेकी मुल्क भारतबाट लादै गरेको अबस्थामा प्रहरीले ३२ वटा रांगा र एउटा भैसी नियन्त्रणमा लिएको प्रहरी चौकी रघुनाथपुरका ईन्चार्ज अर्जुन कुमार साहले जानकारी दिनुभयो ।
प्रदेश,जिल्ला र स्थानिय प्रहरीको संयुक्त टोलीले गस्तिको क्रममा खटेको बेला प्रहरीलाई देख्नसाथ तस्कर फरार भएको जनाईएको छ । बरामद गरीएको भैसी र रांगा करीब ४ लाख १४ हजार बराबरको रहेको छ ।
नियन्त्रणमा रहेको उक्त रांगा आजै भन्सार कार्यालयको जिम्मा लगाई डाक लिलाम गरीने ईन्चार्ज साहले बताए ।