
औरही,महोत्तरी। महोत्तरीको औरही नगरपालिकामा बाटो निर्माणमा स्टिमेट अनुसार कार्य सम्पादन नभएको पनि भुक्तानी दिलाउन उप मेयर रेणु झाले दबाब दिएकी छिन् । उपमेयर झाले भुक्तानीको लागि दबाब दिएकी सडक निर्माण कार्य नगरपालिकाको योजना अनुसार भएको छैन । उक्त योजनाहरुको झण्डै ५८ लाख भुक्तानी दिनु पर्ने नगर प्रमुख सुनिल कुमार यादवले बताए ।
उपमेयर झाले भने अनुसारको भुक्तानी नगरिएपछि अहिले उनि जताततै मेयर यादवको विरुद्धमा लागेकी छिन् । झाले यसरी गर्दै गर्दा आज मेयर यादवले पत्रकार सम्मेलनको आयोजना गरी उपमेयरले भुक्तानी गराउन दबाब दिएको जानकारी दिए ।
पत्रकारसम्मेलनमा वार्ड अध्यक्ष, नगर सभा समिति सदस्य र सर्वसाधारण नागरिकको उपस्थित रहेको थियो ।मेयर यादवले भने, ' उपमेयर रेणु झा उपमेयर हो , उहाँलाई उपमेयर भएर बस्नु पर्नेथ्यो । तर, यहाँ उपमेयर नै ठेकेदार भए झैं गर्दै आएको ले ५८ लाखको विवाद उत्पन्न भएको छ । उहाँले ५८ लाख बाँकी बक्यौताको विल भर्पाई उपभोक्ता समिति हुँदै कार्यालयमा आएपछि हामी भुक्तानी दिन तयार हुने बताउँदै थप्नुभयो, तर उपमेयर ले यो मेरो काम हो, मैले गराएको छु , मलाई भुक्तानी दिनु भन्दै आएको ले सो रकम भुक्तानी हुन नसकेको हो ।'
मेयर यादवले उपमेयर झाले कानुन बिपरित रकम भुक्तानी मांग गर्दै आएकोले त्यो गर्न नसकिने बताए ।
सो पत्रकार सम्मेलनमा उनले अरु पालिकाहरुमा लाखौ बेरुजु रहेको लेखापरिक्षकले सार्वजनिक गरिसकेको बताउँदै उनले औरही नगरपालिकामा ५ हजार बेरुजु पनि कसैले देखाउन सक्दैन भनेर गर्वका भन्न सक्ने बताए ।
सो पत्रकार सम्मेलनमा संचारकर्मीहरुले राखेका विभिन्न जिज्ञासाको क्रममा मेयर यादव ले बिगत चार वर्षमा औरही नगरपालिकामा शिक्षा क्षेत्रमा मात्र नभएर स्वास्थ्य तथा सडक निर्माणमा समेत विकास भएको बताए। उनले भने , 'प्रत्येक वडामा स्वास्थ्य चौकीको लागि १÷१ कठ्ठा जमिन र पन्ध्र बेडको हस्पिटल निर्माण गर्नको लागि १४ कठ्ठा जमिन उपलब्ध गराएको छु । पहिला यो पालिका गाउँ जस्तो लाग्ने गर्दथ्यो । तर, हामीले यसलाई नगरपालिका स्वरूपमा विकास गरेका छौं। तपाइँहरु हेर्न सक्नु हुन्छ ।



