जनकपुरधाम। प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापामारी गरेको विरोधमा जनता समाजवादी पार्टी (जसपा)ले आज जनकपुरधाममा विरोध प्रदर्शन गरेको छ ।
प्रदेश सरकारलाई बदनाम गर्ने उद्देश्यले अख्तियारले छापामार शैलीले छापामारी गरेको भन्दै जसपाको प्रदेश समितिले आज मोटरसाइकल जुलुस प्रदर्शन गरेको हो ।
प्रदेश सरकारलाई बदनाम गरेर संघीयता समाप्त पार्ने षड्यन्त्रमा अख्तियार लागेको आराेप लगाउदै आन्दोलनको घोषणा गरे अनुसार माेटर साईकल जुलुस जनकपुरधाम स्थित रेल्वे स्टेशनबाट सुरू गरेर नगर परिक्रमा गरेको थियोे ।
स्थानीय रेल्वे स्टेसनबाट निकालिएको सो मोटरसाइकल जुलुस भानु चोक, कदम चोक, विद्यापति चोक, विश्वकर्मा चोक, जिरोमाइल, बजरंग चोक, रामानन्द चोक हुँदै पिडारी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोणसभामा जसपाका नेताहरुले अख्तियारले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध षड्यन्त्र गरेको आरोप लगाउँदै अख्तियार केपी ओलीको मतियार भएको आरोप समेत लगाए ।
जसपाले अख्तियारले मुख्यमन्त्री कार्यालयमा गरेको छापामारी अमर्यादित र विद्वेषपूर्ण तथा सामुदायिक एवं राजनीतिक प्रतिशोध र पूर्वाग्रहपूर्ण भावनाले गलत भएको बताएको छ ।