
सुनसरी : आइतबार साँझ इभिनिङ वाकमा हिँडेकी एक महिलामाथि जबर्जस्ती करणी गरेको छ ।सुनसरीको इटहरी-८ भुर्कीमा ६ जना युवाको समूहले ३० वर्षीया महिलामाथि जबर्जस्ती करणी गरेको उजुरी इटहरी प्रहरीमा परेको छ ।बलात्कारपछि पीडितको उजुरीको आधारमा ५ जनालाई प्रहरीले नियन्त्रणमा लिसकेको छ भने एकजना फरार भएका छन् ।
पीडित महिलाले प्रहरीलाई दिएको जानकारी अनुसार युवाहरूले कुटपिट गरी धानबारीमा लगेर जबरजस्ती करणी गरेका हुन् ।
उनीहरूले २ तोला ४ आनाको सुनको सिक्री र साथमा रहेको नगद ३ हजारसमेत लुटेर भागेको ती महिलाको भनाइ छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रमुख डिएसपी अर्जुन केसीका अनुसार ३० वर्षीय महिलालाई समूहमा रहेका पुरुषहरूले आक्रमण गरेका थिए ।
पक्राउ परेकामध्ये ४ जना १८ वर्षमुनिका किशोर भएको र १ जना २७ वर्षीय युवा रहेको केसीले जानकारी दिए ।इटहरी-१६ बस्ने २७ वर्षीय सुनिल चौधरीलाई भने प्रहरीले सार्वजनिक गरेको छ । बाँकी एक जनाको खोजी कार्य भइरहेको डिएसपी केसीले बताए ।