जनकपुरधाम- जनकपुरधाममा युवाहरुले चिन विरोधमा जुलुस प्रदर्शन गरेका छन् ।
आज सोमवार लोकतान्त्रिक युवा संघ धनुषाका अगुवाईमा चिनद्वारा बिस्तारबाद अन्तर्गत नेपालको हुम्ला जिल्लाको लाप्चा सहित विभिन्न जिल्ला र विभिन्न ठाउँको नेपालको भूमि अतिक्रमण गरेको भन्दै प्रदर्शन गरिएको हो ।
चिनले नेपालको भू भाग मिच्दै नेपाललाई अस्थिरता तिर धकेल्न खोजेको नारावाजी गर्दै युवा संघले प्रदर्शन गरेका हुन् । चिनले १२ नं. पिलर समेत सारेको पाइएको प्रदर्शनकारी युवा प्रशान्त झाले बताए ।
चिनले नेपाली भूमीमा भौतिक संरचना निर्माण समेत गरेको लोकतांत्रिक युवा संघले जनाएको छ ।
बिरोध जुलुस प्रदर्शनको क्रममा चिनियाँ बिस्तारबाद मुर्दाबाद, नेपाली भूमि अतिक्रमण बन्द गर, अतिक्रमित हाम्रो भूमि फिर्ता गर, छानबिन समितिको प्रतिवेदन सार्वजनिक गर, भन्दै नारावाजी गरेका थिए ।