२०७८ असोज ६ गते बिहान करिब ८ बजे जनकपुर उप–महानगरपालिका वडा नम्बर ७ स्थित माछा बजारबाट जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले बिशेष सुचनाको आधारमा भारतबाट भन्सार छली चोरी निकासी गरी जनकपुर ल्याउदै गरेको मालसमान पक्राउ गर्यो ।
प्रहरीले बुझदै जाँदा महोत्तरीको मटिहानी नाकाबाट नेपाल छिरेको थियो । तस्करले ज १ च ११११ नम्बरको बोलेरो पिकअप गाडिमा पाँच पोका लताकपडाको मुल्य करिब ६ लाख ६१ हजार ५ सय र गाडिको मुल्य करिब ७ लाख गरी जम्मा १३ लाख ६१ हजार ५ सय रुपैया बराबरको मालसमान र गाडि भन्सार चलान गरेको थियो ।
महोत्तरीबाट भित्रिएको मालसमान जनकपुरमा पक्राउ पर्नु निश्चित रुपमा महोत्तरी प्रहरीको काम कारबाहि र नियत माथि शंका उब्जीएको छ । कारण महोत्तरीमा केहि दिन यता तस्करी निकै फस्टाएको छ । नेपाल प्रहरी, शसस्त्र प्रहरी र भन्सार कार्यालयको सेटिङ्गमा यस जिल्लाको बिभिन्न नाकाबाट रातदिन तस्करी भईरहेको छ ।
महोत्तरीको मठियानी, भिठाकोड, सम्सी, रघुनाथपुर, खैरबन्नी, इटर्बा लगायतका नाकाहरुबाट तस्करी भई रहेको सजिलै हेर्न सकिन्छ । सानोतिनो ब्यापारीले दिउँसै माल समान आरपार गर्छ भने ठुला ब्यापारीहरु भारतबाट रात भरी लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनि लगायतका माल समान नेपाल ओसार्ने गरेको छ ।
तस्करहरुबाट प्रति महिना महोत्तरीका नेपाल प्रहरीका जिल्ला घुमुवा प्रहरी हबल्दार राजेश यादबले उठाउदै गरेको रकम
मठियानी नाकाबाट सुजित साह, अमरेश यादब, अलि हसन लहेरी, दिनेश यादब, प्रमोद साह संगै दुई दर्जन ब्यारीहरु लत्ताकपडा, इलेक्ट्रोनिक्स समानहरु, सुर्ति, किराना, भाडा बर्तन, मलखाद, मटर मरिचको ब्यापक रुपमा चोरी तस्करी गरी ल्याउने गरेको छ । त्यस्तै नेपालबाट यिनिहरुले घरेलु तथा सिल प्याक रक्सी, सेउ, तुथ पेस्ट, फेयर एण्ड लबली, लगायतका सरसमान भारत पठाउने गरिएको छ ।
महोत्तरीमा घुमुवा आतंक
तस्करी गराउने कार्यमा नेपाल प्रहरीका जिल्ला घुमुवा प्रहरी हबल्दार राजेश यादबको मुख्य हात रहेको छ । यादबले नै तस्कर संग मिलेर सेटिङ्ग गर्ने गरेको बतईएको छ ।
महोत्तरीका प्रहरी उपरिक्षक दिनेश आचार्यले बिभिन्न तस्करहरु संग बार्गेनिङ्ग गर्न तथा अबैध सकम असुल गर्न हबल्दार यादबलाई प्रयोग गर्ने गरेको श्रोतको दाबी छ ।
प्रहरी चौकी मठियानीका सइ सुमन सिंह, भिठामोडका सई आदित्य सिंह र सम्सीका सई नबीन झा लगायत सबै चौकीका इन्चार्जहरु समेत घुमुवा यादबबाट डराउँछन् । यादब एस.पी. आचार्यका बिश्वास पात्र भएकै कारण उल्टो कुरा लगाई दिन्छ कि भनेर अतांकै मच्चाएको एक प्रहरीले बताए ।
धनुषाबाट महोत्तरी करिब २ वर्ष अगाडी सरुवा भई गएका यादब यस अघिका एस पी टिका बहादुर केसीले यादबलाई घुमुवाको जिम्मा दिएको थियो । सोहि जिम्मेबारीलाई एस पी आचार्यले समेत निरन्तरता दिएका छन् ।
केहि दिन अघि भारतबाट चोरी गरी ल्याएको ग्लायमर मोटरसाइकल धिरापुर प्रहरी चौकीले पक्राउ गरेका थिए । जनकपुर उपमहानगरपालिका कुवा रामपुर घर भएका तस्कर सुजीत साहलाई मोटर साईकल सहित पक्राउ गरे पनि घुमुवा यादब र प्रहरी चौकीका इन्चार्जले १४ हजार रुपैयाँ लिई छोडेका थिए । घुमुवा यादबकै आइडियामा अहिले सो बाईकमा नक्कली नेपाली नम्बर ज १० प १७८० राखी तस्करी कार्यमा प्रयोग गरिरहेको छ ।-टुडेपाटी