धनुषा- विदेह नगरपालिका–७ रोशन ज्योती पेट्रोल पम्पका संचालक ४५ वर्षीय शम्भुनारायण साहलाई अज्ञात समुहले कुटपिट गरेका छन् ।
१०-१२ जनाको समुहमा आएका अज्ञात समुहले असोज १८ गते राति रड प्रहार गर्दा टाउको फुटेको पीडित पेट्रोल पम्पका संचालक साहले बताउनुभयो ।असोज १८ गते रातिदेखि नै प्रादेशिक अस्पताल जनकपुरमा उपचार भई रहेको छ ।
टाउकोमा ७ वटा टाँका प्रयोग गरिएको छ । अज्ञात समुहले संचालक साहलाई रड प्रहार गरि ६ लाख नगद, ६÷७ तोला सुन र केही चाँदी लिएर फरार भएको छ ।
रोशन ज्योती पेट्रोल पम्पका संचालकलाई अज्ञात समुहले रड प्रहार गरि हत्या प्रयास गरेको बारेमा प्रहरी चौकी गिद्धामा असोज १९ गते उजुरी समेत गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी जितेन्द्रकुमार बस्नेतले घटनाबारे अनुसन्धान भई रहेको बताउनुभयो ।




