महोत्तरी। केही दिनअघि बंगलादेशमा हिन्दू धर्मावलम्बीहरूमाथि भएको आक्रमणको विरोधमा महोत्तरीको सदरमुकाम जलेश्वरमा आज प्रदर्शन भएको छ । विश्व हिन्दू परिषद् नेपाल महोत्तरीको आयोजनामा जलेश्वरको जलेश्वरनाथ महादेब मन्दिर बाट शुरु भएको विरोध प्रदर्शन जलेश्वरको विभिन्न भागको परिक्रमा गरी कोणशाभामा परिणत भएको थियो ।
प्रदर्शनको क्रममा बंगलादेशी प्रधानमन्त्री शेख हसिना मुर्दाबाद ,हिन्दुहरुमाथी अत्याचार गर्ने इस्लामिक जिहादी मुर्दाबाद लगायतका नारा लगाउँदै प्रदर्शन गरिएको विश्व हिन्दू परिषद् नेपाल महोत्तरीका अध्यक्ष ब्रजेश झाले जानकारी दिएका छन ।
बंगलादेशमा निरन्तर हिन्दूमाथि आक्रमण तथा हिन्दूहरूको आस्थाको केन्द्रको रूपमा रहेको मठ–मन्दिरमा तोडफोड तथा आगजनी गरे पनि आरोपित मुस्लिमलाई कारबाही नगरेको भन्दै विरोध गर्दै प्रदर्शन गरिएको परिषदका कोषाध्यक्ष बैभव चौधरीले बताएका छन् ।
हिन्दूमाथि भएको घटनाप्रति आक्रोशित परिषद् तथा हिन्दू समाजका युवाहरूले हसिनाविरुद्ध प्रदर्शन गर्दै बंगलादेशी हिन्दूलाई न्याय तथा दोषी मुस्लिमलाई कडा कारबाही गर्नुपर्ने माग गर्दै प्रदर्शनकारीले नगर परिक्रममा गरेका थिए।
प्रदर्शनमा सहभागीहरूले हिन्दूमाथिको दमन बन्द गर, बंगलादेशी सरकार मुर्दावाद, शेख हसिना मुर्दावाद, मुस्लिम आयोग खारेज गर, इस्लामिक आतंक बन्द गर, जय श्रीरामलगायतका नारा लगाएका थिए ।