
महोत्तरी - जनता समाजबादी पार्टि जसपाको भातृ संगठन राष्ट्रिय समाजबादी खेलकुद महासंघ महोत्तरीको समिती गठन अभियान सम्पन्न भएको छ । शुक्रबार महोत्तरीको औरही नगरपालीका २ स्थित रहेको राधाकृष्ण पार्टि प्यालेसमा ३१ सदस्य समिती गठन गरीएको जनाएको छ ।
राष्ट्रिय समाजबादी खेलकुद महासंघ प्रदेश नंम्बर २ का अध्यक्ष राजेश कुमार गुप्ताको अध्यक्षता तथा जसपा नेपाल महोत्तरीका अध्यक्ष एवम केन्द्रिय सदस्य नागेन्द्र प्रसाद यादवको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको प्रदेश नंम्बर २ का रासखे महासंघका मुख्य सचिब संजिव चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि जसपा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व खेलकुद विभागीय प्रमुख कृष्ण शंकर साह, विशिष्ट अतिथि जसपा नेपालका केन्द्रिय सदस्य तथा क्षेत्र न।१ का प्रतिनिधि सभाको प्रत्यासी लक्ष्मी महतो ,जसपा नेपालका संघीय परिषद सदस्य रित बहादुर श्रेष्ठ ,चेतनारायण चौधरी , रासखे महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष कुमार दास ,महासचिव भरत अधिकारी ,जसपाका महोत्तरी जिल्ला अध्यक्ष कुशेश्वर सिंह महतो लगायत जितेन्द्र यादव ,कृष्ण यादव ,अशोक कुमार महतो र अन्य खेलाडीहरुको सहभागिता रहेको थियो ।
जिल्ला समितीको पदाधिकारीहरुमा धेरैनैई प्रतिस्पर्धा रहेकोले अगामी १७ गते पद र सपथ साथै कार्यालयको उदघाटन गरीने मुख्य सचिब चौधरीले जानकारी दिनुभयो ।