महोत्तरी। माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू महोत्तरीको प्रथम जिल्ला स्तरिय कार्यकर्ता भेला सम्पन्न भएका छन् ।
शनिवार महोत्तरीको सदरमुकाम जलेश्वरमा पत्रकार महासंघको सभा हलमा सम्पन्न अनेरास्ववियूको प्रथम जिल्ला स्तरिय कार्यकर्ता भेलाबाट शुभम् साह काे अध्यक्षतामा ३१ सदस्यीय जिल्ला कमिटी गठन गरिएको हो ।
कमिटीमा अरुण मंडल उपाध्यक्ष, लगायत अन्य सदस्यहरु चयन भएका छन् ।नेकपा (एस) निकट अनेरास्ववियूका स्थायी कमिटी सदस्य ओम प्रकाश महत्तोको अध्यक्षता तथा अनेरास्ववियूका केन्द्रीय उपामहासचिव राज किशोर यादवको प्रमुख आतिथ्यता र अनेरास्ववियूका केन्द्रिय सदस्य तथा प्रदेश २का अध्यक्ष राजकुमार विश्वकर्माकाे विशिष्ट अतिथिमा जिल्ला स्तरीय भेला सम्पन्न भएको हो ।
भेलामा नेकपा (एकिकृत समाजवादी) का जिल्ला नेता सरोज यादव तथा जिल्ला नेता कोशिलाल यादव लगायत विद्यार्थी नेताहरुको उपस्थिति रहेको थियो ।


