महोत्तरीको मटिहानी नगरपालिकाका वडाध्यक्ष र सहायक कम्प्युटर अपरेटरविरूद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले वडा नम्बर ५ का अध्यक्ष रामबहादुर महतो र सहायक कम्प्युटर अपरेटर ऐबुल राइनविरूद्ध आइतबार विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको हो।
महतो र राइनले जन्म दर्ताको सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस माग गरेको सूचनापछि अख्तियारले उनीहरूलाई असोज २४ गते नियन्त्रणमा लिएको थियो। उनीहरूले सेवाग्राहीबाट घुस १० हजार रुपैयाँ लिइसकेको अवस्थामा पक्राउ गरेको थियो।
अनुसन्धानबाट उनीहरूले सेवाग्राहीसँग जन्मदर्ता बनाउने कामको लागि लाग्ने शुल्कको कुरा नगरी सिधै १० हजार रुपैयाँ घुस माग गरेको प्रवक्ता नारायणप्रसाद रिजालले जानकारी दिए।
सो कुरा पुष्टि भएकोले दुबै जनाविरूद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार बिगो कायम गरी सजायको मागदाबी लिएको छ।
https://shirishnews.com/banner-news/5698.html/




