विरगंज- पत्रकार दीपेन्द्र चौहानले नेपाली कांग्रेसको बीरगंज महानगर सभापतिमा उम्मेदवारी घोषणा गरेका छन । महाधिवेशनको पूर्व सन्ध्यामा संगठनको अधिवेशन हुने नेपाली कांग्रेसको प्रचलन रहेको छ ।
१४ राष्ट्रीय महाधिवेशनकोलागि नेपाली कांग्रेस, संगठनको आन्तरिक अधिवेशन मार्फत नेतृत्व निर्माणको चरणमा छ । दुईवटा संसदीय निर्वाचन क्षेत्र पर्ने बीरगज महानगरपालिकाको सभापति पदलाई अत्यन्तै महत्वपूर्ण मानिन्छ ।
यो भन्दा अगाडि महानगरभित्र नेपाली कांग्रेसको महानगर समिति गतिबिधि शून्यमा रहेको थियो । समिति थियो, गतिबिधि थिएन । महानगरभित्र नेपाली कांग्रेसको राजनीतिक उपस्थिति शून्यमा रहेको थियो । पत्रकार चौहानको उम्मेदवारीले नेपाली कांग्रेस भित्र गती पैदा भएको छ भने महानगरले सक्रियतापूर्वक काम गर्ने बिश्वास समेत जागृत भएको पाइएको छ ।
नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव समेत रहेका चौहानले पार्टीको संगठन निर्माण र नेपाली कांग्रेसलाई महानगरमा एक नम्बरको शक्तिमा स्थापित गर्न आफूले पार्टीमा रहेर काम गर्ने निर्णय गरेको बताए । एउटा राम्रो पोष्टमा छु तर पार्टीको सेवा गर्ने र पार्टीलाई स्थापित गर्न महानगरको सभापतिमा लडने निर्णय गरेको छु पत्रकार चौहानले भने पार्टीका नेता तथा कार्यकर्ता सबैको साथ र सर्मथन मलाई मिल्छ ।
नेपाल पत्रकार महासंघको पर्सा जिल्ला, प्रदेश नं २ ,नेपाल प्रेस युनियनको केन्द्रीय नतेृत्वमा रहेर काम गरेका पत्रकार चौहानको उम्मेदवारीले पर्सेली पत्रकारितामा उमंग संचार भएको छ ।
नेकपा एमालेको बीरगंज महानगर कमिटीको उपाध्यक्षमा पत्रकार महेश दासको सर्वसम्मत चयन भएको छ । पर्सेली पत्रकारहरुले नेपाली कांग्रेसको नगर सभापतिमा पत्रकार दीपेन्द्र चौहानलाई सर्वसम्मत रुपमा स्थापित भएको हेर्न चाहेका छन । नेपाली पत्रकारहरुको छाता संस्थामा रहेर आफनो नेतृत्व कौशल देखाई सकेका ब्यक्तिहरु आफनो ठाउँको पार्टीकाममा जोडिन खोज्दा नेतृत्वले त्यसलाई हार्दिकता पूर्वक लिनु पर्ने धारणा राख्नुहुन्छ नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य के.सी.लामिछाने ।
पत्रकार महासंघका केन्द्रीय सचिव दीपेन्द्र चौहानको नेपाली कांग्रेसको बीरगंज महानगरको सभापतिमा भएको उम्मेदवारीलाई पार्टी नेतृत्वले सर्वसम्मत बनाउन सक्दा पत्रकारिताको माध्यमबाट देश र जनताकालागि गरेको सेवा र त्यहा रहेर प्रजातान्त्रिक बिचारलाई संस्थागत गर्न लडेको सघर्षको सम्मान हुने लामिछानेको टिप्पणी छ ।
पत्रकार चौहानले आफनो उम्मेदवारीसंगै केही प्रतिवद्धता सार्वजनीक गरेका छन । उनले महानगर सभापतिको एक कार्यकाल आफू अन्य कुनै पदमा दावी नगर्ने र नजाने बताएका छन । एक कार्यकाल सम्म महानगर स्तरमा प्राप्त हुने अवसर र जिम्मेवारीहरुमा अरु साथीहरुलाई अवसर दिने जनप्रतिनिधिमुलक निकायमा आफू नजाने प्रष्ट पारेका छन ।
पछिल्लो समयमा पार्टी भित्र र बाहिर जनप्रतिनिधिमुलक निकायमा राजनीतिक कार्यकर्ता भन्दा पनि ठेक्दार, अनधिकृत कारोवारमा संलग्न तस्कर,जग्गाको ब्यसायमा लागेका दलाल , टोले गुण्डा बनेर हप्ता असुली करेर पैसा कमाउनेहरुले पद र अवसर पाउदै आएको परिवेशमा पत्रकार चौहानको उम्मेदवारीलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
राजनीतिक आन्दोलनमा लागेका ,पार्टी भनेर लाग्दा सबै सकिएका गरिब तथा मध्यम वर्गले पैसाका कारण अवसर र जिम्मेवारी नपाउने परम्परालाई निरुत्साहन गर्न पनि चौहानलाई सभापतिमा जिताउनु पर्ने बिश्लेषण छ पत्रकार अनिल तिवारीको ।
आन्दोलन प्रतिको सर्मपण र योगदानमा आधारित राजनीतिलाई जीवीत राख्ने हो भने पैसा र शक्तिको आड र आधारमा नेतृत्व छान्ने प्रवृतिको अन्त्य गर्न जरुरी छ नेपाली कांग्रेसका बीरगंज महानगरका अधिवेशन प्रतिनिधिहरुले यो सन्देश दिने कुरामा आफू बिश्वस्त रहेको पत्रकार तिवारीले बताए ।
पत्रकार चौहानले आफूले चुनाव जितेपछि नेपाली कांग्रेसलाई बीरगंजमा प्रमुख राजनीति शक्तिको रुपमा स्थापित गरेर कांग्रेसलाई आम जनताको नजरमा देखिने , संकट र सुखमा महशुस गर्न सकिने बनाउने दृढता ब्यक्त गरेका छन ।