महोत्तरी- औरही नगरपालिका वडा ८ टिमकियामा नि:शुल्क आँखा स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरको शुभ आरम्भ लोसपा नेपालका वरिष्ठ नेता एवं महोत्तरी क्षेत्र न.२ को प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारीले गरेका थिए ।
औरही नगरपालिका नगर उपप्रमुख रेणु झा को अध्यक्षतामा आयोजित नि: शुल्क आँखा शिविरमा नेता भण्डारी आफू आँखा चेक गराई शिविर सुरु गरेका थिए ।
शिविरमा नगरपालिका भित्रको ३५० जना नागरिकले आँखा परिक्षण गराएका थिए । परिक्षण गराएका मध्ये ८१ जनामा मोतिया विन्द को लक्षण देखा गरेकाे बताइएको छ ।


