महोत्तरी : महोत्तरीको बलवा नगरपालिका वडा नं. ६ मा बर्थिङ सेन्टर भवन र सामुदायिक भवनको उदघाटन कार्य सम्पन्न भएको छ ।
नवनिर्मित भवनको बलवा नगरपालिकाको नगर प्रमुख विनोद यादव, लोकतान्त्रिक समाजवादी पार्टीका बरिष्ठ नेता तथा प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारी र प्रदेश सभा सदस्य सुरीता साहले संयुक्त रुपमा उदघाटन गरेका छन् ।लामो समय देखी बलवा नगरपालिकामा बर्थिङ सेन्टर नहुँदा नगरपालिका भित्र रहेका गर्भवति महिलाहरु जनकपुर धाई रह्नु पर्ने बाध्यता रहेको थियो । अब बलवा नगरपालिकाबासीलाई सुत्केरी गराउनकाे लागि टाढा नजानुपर्ने र गाँउको सयौं जनतालाई स्वास्थ्य सेवा बाट फाइदा पुग्ने लाेसपा नेता शरत सिंह भण्डारीले बताए ।कार्यक्रममा अन्य वक्ताहरुले बर्थिङ सेन्टर भवन र सामुदायिक भवन निर्माण भएकोमा खुशी व्यक्त गरेका छन् ।उक्त दुवै भवन प्रतिनिधि सभा सदस्य शरत सिंह भण्डारी र प्रदेश सभा सदस्य सुरीता साहको विशेष पहलमा सामाजिक विकास मन्त्रालयकाे लागतमा निर्माण भएको हो ।कार्यक्रममा जैलुन राईन, प्रदेश सांसद ज्ञानीशरण साह, रामसुन्दर यादव, विजय महतो, वडा अध्यक्ष वैधनाथ साह, वडा अध्यक्ष दिनेश यादव, वडा अध्यक्ष विजय महतो, वडा अध्यक्ष रामबाबु महतो, वडा अध्यक्ष समनउला राईन, समाजसेवी शरद माथेमा,बुद्धिजिवी,भरभलादमी, शिक्षक,विद्यार्थी नेता अमित ठाकुर,धिरेन्द्र मण्डल,पत्रकार, समाजसेवी र स्थानीयहरुको उपस्थिती रहेको थियो ।