महोत्तरी- बाह्रैमास २४ सैं घण्टा जल मूनि बस्ने महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा अवस्थित बाबा जलेश्वरनाथ महादेवको पूजा अर्चना र दर्शन गर्न राष्ट्रपति विद्यादेवी भण्डारी भोलि (सोमबार) जलेश्वर गइरहनुभएको छ ।
राष्ट्रपति भण्डारी बाबा जलेश्वरनाथको पूजा अर्चना र दर्शनको लागि जलेश्वर आउने भएपछि उहाँको स्वागत, सत्कार र अभिनन्दन गर्न स्थानीयबासी निक्कै आत्तुर देखिएका छन् ।
उहाँको स्वागतका लागि जलेश्वर नगरपालिकाले विभिन्न स्थानमा स्वागतद्वारा निर्माण, बाबा जलेश्वरनाथ महादेव मन्दिरलाई सजाउने र राष्ट्रपतिको सम्मान गर्ने कार्यको विशेष तयारी गरेको जलेश्वर नगरपालिकाका मेयर रामशंकर मिश्रले बताउनुभयो ।
राष्ट्रपति भण्डारीको आगमनले जलेश्वरबासी शौभाग्यशाली भएको तथा उहाँलाई स्वागत सत्कार गर्न सम्पूणर् जलेश्वरबासी उत्साहित रहेको भन्नुहुँदै जलेश्वर उद्योग बाणिज्य संघका महासचिव शिवचन्द्र चौधरीले उहाँलाई जलेश्वरबासीको तर्फबाट अभिनन्दन गर्दै मायाको चिनो प्रदान गर्ने कार्यक्रम समेत रहेको बताउनुभयो ।
राष्ट्रपति भण्डारीले जलेश्वरनाथ महादेव मन्दिरमा पूजा अर्चना तथा दर्शन गर्ने लगायतका कार्यक्रमको लागि सूरक्षा व्यवस्थाको सम्पूणर् जिम्मेवारी विशेष कार्यदलको रहेको र सम्पूणर् तयारी पूरा रहेको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले बताउनुभयो । उहाँले राष्ट्रपतिको सूरक्षाको लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी पूणर् रुपमा तयारी अवस्थामा रहेको तथा आ-आफ्ना जिम्मेवारीमा तल्लिन रहेको उहाँले थप्नुभयो ।
अनादी कालमा जलेश्वर घना जंगल रहेको बेला बाबा जगदीशनाथ, चतुर्भुजनाथ र तसमैया बाबा आएर जलेश्वरमा बसेको बेला स्यवं महादेवले बाबा जगदीशनाथलाई स्वप्न दिएर जलेश्वरमा महादेवको मन्दिर निर्माण गर्न आदेश दिएको किम्बदन्ती छ ।
तर बाबा जगदीश नाथले कसरी बनाउने, जंगलमा बाघ, भालु, हाति जस्ता खतरनाक जनावरहरु रहेको यस ठाउँमा कोही पनि कामदार काम गर्न नआउने भनेपछि स्वयं रुद्र (महादेव) ले जलेश्वर नाथको मूल गुफा सहितको मन्दिर प्रकट गरिदिनुभएको शिवमहापूराणमा उल्लेख छ ।
जलेश्वरनाथ महादेवको मूल गुफा जमिनको सतहदेखि १६ सिढी (भर्याँग) मुनी जमिन भित्र रहेको छ जहाँ २४ घण्टा जल भरिएको हुन्छ र बाबा जलेश्वरनाथ महादेव वर्षको ३६५ दिन जलमै विराजमान रहनुहुन्छ ।
यस मन्दिरमा भगवान शिवको शिवलिङ्ग दर्शनका लागि भक्तजनले विशेष दिनको प्रतिक्षा गर्नुपर्छ । यस मन्दिर भित्र करीब २० फिट मूनी जलमा बास बसेका महादेवको दर्शन गर्न मन्दिरभित्रको जल बाहिर फ्याँकेपछि मात्रै सम्भव हुने गर्दछ ।
यस मन्दिरमा महाशिवरात्री, साउन महिनाको प्रत्येक सोमबार (साउनी मेलाभरि) र प्रत्येक महिनाको पहिलो सोमबारको दिन विशेष मेला लाग्ने गर्दछ र विशेष पूजाआजा र प्रत्यक्ष दर्शन हुने गर्दछ ।
यस मन्दिरको पानी फ्यालेर शिवलिङ्गको दर्शन गराउने चलन रहेकोमा यस भित्रका पानी मोटर वा दमकल लगाएर फ्याँकिदा सक्दैनन् । यसका लागि धेरैले धेरैपटक प्रयास गरिसकेपनि सकेका छैनन् । तर मानव शक्तिले बाल्टिनको सहयोगमा पानी फालेमा मन्दिरको गुफा सुक्ने र भक्तजनले दर्शन गर्ने गर्दछ । यसैबीच पानी एकै छिनमा पुनः भर्ने गर्दछ । त्यसैले पटक पटक पानी फ्याँकेर भक्तजनको दर्शन गराउने गरिन्छ । जसका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय युवाहरुको जमात लागि परेका हुन्छन् ।
यस गुफा सहितको मन्दिर जहाँ पानी मूनी शिव बिराजमान रहेको मन्दिर कहिले बनेको बारेमा कुनै प्रमाण छैन भन्ने स्वयं महादेवले नै निर्माण गर्नुभएको कुरा शिवपूराणमा उल्लेख छ ।
रुद्रले स्वयं गुफा सहितको मन्दिर निर्माण गरिदिएपछि बाबा जगदीशनाथले नित्य पूजाआजाका साथै यस मन्दिर र महादेवको बारेमा प्रचारप्रसार गर्नुभयो । बाबा महादेवको चौतर्फी चर्चा परिचर्चा गरेर प्रख्यात बनाउन भूमिका खेल्नुभएका जगदीशनाथ जीवनको अन्तिम कालमा बाबाको मन्दिरको ठीक सामुनेमा समाधी लिनुभएको थियो । जसका कारण उनको सानो मन्दिर पनि जलेश्वरनाथको मन्दिरको सामुनेमा अझै पनि छन् ।
समयको कालखण्डसँगै नेपालमा शाहवंशी राज्य भएको बेला बिक्रम सम्वत् १८६७ मा राजा गिर्वाणयुद्ध विक्रम शाहले महोत्तरीको तत्कालिन कंचनपुर गाउँ स्थित जंगल (हाल रामगोपालपुर नगरपालिका-७ ) मा शिकार खेल्न आएको बेला जलेश्वरनाथ महादेव मन्दिरलाई सञ्चालन, व्यवस्थापन र पूजाआजाको लागि २ सय ७५ विग्हा जग्गा र चार वटा महापोखरीहरु दान दिनुभएको ताम्रपत्रमा उल्लेख छ । जसलाई मौजेको नाउँमा जानिन थालियो । मौजेको रुपमा मन्दिरले जलेश्वर मौजे, बजराही मौजे, बहेरा मौजे, डाम्ही महेशपुर मौजे लगायतका मौजेहरु पाएका थिए । भने बरुण सरोवर, पुरन्दर सरोवर, मखान पोखरी र महन्थ पोखरी जस्ता महापोखरीहरु पनि पाएका थिए ।
सोही मौजे र महापोखरीहरुबाट आएका आम्दानीबाट मन्दिरको दैनिक पूजाआजा, भगवान शिवको भोग, साधुसन्तको भण्डारा र आगन्तुकहरुको स्वागत सत्कार समेत हुनेगरेको थियो ।
त्यस बेला यस महादेव मन्दिरमा पूजाआजाको लागि द्वेन्द्व गिरी नाउँको पूजारी रहेको थियो । उनले लामो समयसम्म बाबा जलेश्वरनाथको सेवा गर्नुभएको थियो ।
समय बित्दै जाँदा बि.सं.१९९५ मा बडा हाकिम राम समशेरले जलेश्वर नाथ महादेवको भित्री गुफासहितको मन्दिरको माथि पुनः आकर्षक र ठूल-ठूला बुर्जा सहितको अद्वितिय मन्दिर निर्माण गर्नुभयो । यस महामन्दिर निर्माण गर्न बडा हाकिम राम शमशेरलाई त्यस बेलाका २५ हजार रुपैया खर्च भएको थियो ।
महामन्दिर निर्माण गर्न सख्खर, उरिद, चुन, सुरखी, कत्था लगायतका वस्तुहरुको प्रयोग गरिएको थियो ।
यस महामन्दिर निर्माणको बेला जलेश्वरनाथ महादेव मन्दिरको पूजारी राजनारायण गिरी रहेको उल्लेख छ ।
बाबा जलेश्वरनाथ महादेवको मन्दिरमा साक्षात शिवको बास रहेको र चोखो मन वचनले भाकल गर्नेको मनोकामना अवश्य नै पूरा हुने गरेको जनविश्वास रहिआएको वर्तमान पूजारी उपेन्द्र पाठक बताउनुहुन्छ ।
जलेश्वरनाथको महिमा तथा भलाईको गुणगान महोत्तरी, धनुषा, सिरहा, सर्लाही, सिन्धुली जस्ता छिमेकी जिल्ला सहित नेपालको विभिन्न ठूला साना शहर तथा गाउँ र राजधानी काठमाडौं समेतमा भएको उल्लेख छ । यसका अलावा भारतको पटना, दरभंगा, मुजफ्फरपुर, सीतामढी, मधुबनी लगायतका शहरमा पनि जलेश्वरनाथको व्यापक चर्चा रहेको थियो । सोही कारण उहिले पनि र अहिले पनि उल्लेखित ती स्थानहरुबाट वर्षेणी बाबा जलेश्वरनाथको दर्शनका लागि हजारौमा नभएर लाखौमा पर्यटकहरु (दर्शनार्थीहरु) आउने गर्दछ ।
मन्दिरसँग सयौं विग्हा जग्गा र चार महत्वपूणर् पोखरी रहेकोले निक्कै भव्य तरिकाले सञ्चालन, व्यवस्थापन हुँदै आएको थियो । तर समय बित्दै जाँदा पद्म शमशेरको पालामा उनले यस मन्दिरको अधिनमा रहेको जग्गाहरु आफ्ना गुरु पुरोहित गोपाल बहादुर उपाध्याय, रामबहादुर उपाध्याय लगायतका ४/५ दाजुभाईलाई दान दिएको चर्चा छ । पद्म शमशेरले दान दिएपछि गुरु पुरोहित र उनका सन्तानले मन्दिरका मौजेहरु बेचेर खाएपछि विस्तारै मन्दिरको दिन बिग्रिदै गएको पूजारी पाठकले आफू सुनेको बताउनुहुन्छ ।
बि.सं.१९८३ सालको श्रेस्तामा सयौ विग्हा जग्गा मन्दिरको नाउँमै उल्लेख रहेको देखाउँछ । त्यसैगरी वि.सं२००२ सालसम्म मन्दिरको महन्थको नाउँमा मौजेहरु रहेको उल्लेख छ । तर मन्दिरका सयौं विग्हा जग्गाको मौजे वि.सं.२००८ सालबाट हराएको छ । यसरी सयौं विग्हा जग्गा दानको नाउँमा हराए भन्ने मन्दिरका चार महापोखरीहरु अहिले जलेश्वर नगरपालिकाले आफ्नो कब्जामा लिएका छन् । तर नगरपालिकाले पनि मन्दिरलाई कुनै सहयोग नगरेको गुनासो मन्दिरको छ ।
मन्दिरकै दक्षिणपट्टी रहेको गुठी संस्थानसँग रहेको ताम्रपत्रमा राजा गिर्वाणयुद्ध विक्रम शाहले दान दिनुभएको मन्दिरका २७५ विग्हा जग्गा र ४ महापोखरीको उल्लेख अझै पनि सूरक्षित रहेको छ ।
तर कुनै बेला सयौं विग्हा जग्गा र चार महापोखरीको मालिक रहनुभएका बाबा जलेश्वरनाथ आज साँच्चिकै भिखारी हुनुभएको छ । आज यस मन्दिरसँग केही पनि छैन । बाबा अहिले दैनिक भक्तजनको दान, चन्दा र सहयोग निर्भर हुन पुगेको वर्तमान पूजारी उपेन्द्र पाठकले बताउनुभयो ।
यस मन्दिरमा अहिले भक्तजनले चढाएको भेटी, चन्दा र अन्य सहयोगबाटै नित्य पूजाआजा तथा प्रसाद (भोग) पनि चल्ने गरेको छ । यसका अलावा बाबाको मन्दिरमा २४ सैं घण्टा खटिरहने पूजारी, टहलु, मेस्तर, गिरी र आगन्तुक बाबाजीहरुको पनि दैनिकी भक्तजनकै दान दातव्यबाट चल्ने गरेको पूजारी पाठकले थप्नुभयो । तर पनि आजसम्मको ईतिहासमा कुनै पनि दिन बाबाको पूजाआजा प्रभावित नभएको, भोग प्रसादको कमी नभएको, बाबाको सेवामा लागेका कोही पनि भोकै बस्न नपरेको र आगन्तुक समेतलाई पनि कहिले कुनै समस्या नभएको पूजारी पाठक बताउनुहुन्छ । उहाँले भन्नुभयो, ‘कहाँबाट कसले कतिबेला ल्याइदिन्छ, थाहा हुँदैन’ । सबै बाबा महादेवको कृपाले चलेको छ ।
यसैबीच राष्ट्रकै सर्वोच्च व्यक्तित्व महामहिम राष्ट्रपतिले सोमबार बाबा जलेश्वरनाथ मन्दिरमा विशेष पूजा, अर्चना र दर्शन गर्ने कार्यक्रमले यस मन्दिरको जीणर्ोद्धारदेखि लिएर सुनौलो भविष्यको निर्माण हुने स्थानीयबासीहरुले आशा पलाएका छन् ।