जनकपुरधाम- नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले जनता र देशलाई भुलेर गलत बाटोमा लागेपछि नेकपा एमालेलाई त्याग्नु परेको बताएका छन् ।
धनुषाको विदेह नगरपालिका स्थित तिनकौरियामा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने, ‘नेकपा एमाले विदेशीको दलालीमा लाग्यो । त्यसैले पुरानो घर त्यानुपरेको हो ।’
अध्यक्ष नेपालले अहिले सत्य र न्यायका लागि नयाँ पार्टी गठन गरी अगाडी बढेको बताउँदै उनले भने, ‘न्याय र सत्यको जीत अवश्यक हुनेछ।’
नेपालले आफू ५२ वर्षदेखि कम्यूनिष्ट आन्दोलनमा लागेको बताउँदै उनले भने, ‘ठूला ठूला काम गरेका छौं । राजाको शासन उखेलेर फाल्यौं ।’
उनले हिन्दी डायलग दिंदै भने, ‘जो हमसे टकराएगा चुर चुर होजाएगा ।’ उनले आफूहरु प्रजातन्त्र, लोकतन्त्र, जनताको अधिकार र सम्मान तथा सत्य मर्यादाको पक्षमा उभेको बताए ।
उनले नेकपा एकिकृत समाजावदी जहिल्यै जनताको सुःख दुःखमा साथ दिने प्रतिवद्धता जनाए । कृषि क्षेत्रमा क्रान्ति र रोजगारी सृजना गरी सबैको जीवन राम्रो बनाउन आफूहरु लागि परेको बताए ।
कलम सत्यको पक्षमा उभिन्छ भन्दै चुनाव चिन्ह कलम लिएर जनतामाझ आएको उनको भनाई थियो ।
उनले अब पालिका, राष्ट्रियसभा, प्रदेश र प्रतिनिधिसभाको चुनाव हुने भन्दै चुनावमा जितेपछि जनताको काम गर्ने, सिंचाई र मलखादको व्यवस्था गर्ने पनि बताए ।
नेपालले विरोधीले कान लिएर काग भाग्यो भनेपछि कागको पछाडी दौड्न नहुने कार्यकर्तालाई सुझाव दिदैं उनले हिम्मत र बुलंदीको साथ अगाडी बढेपछि जित हुने बताए ।
अध्यक्ष नेपालले गठबन्धन सरकारले राजनीतिक नियूक्तिको काममा ढिलाई गरि रहेको बताए । उनले विभिन्न पार्टीहरुको आ–आफ्नो कामको व्यस्तताले गर्दा सरकारको कामकाजमा पनि प्रभाव परिरहेको स्वीकार गरे ।
अध्यक्ष नेपालले राज्यसँग जोडिएका कामहरुलाई सरकारले छिटो भन्दा छिटो गर्नुपर्नेतर्फ ध्यान पुर्याउन आवश्यक रहेको धारणा राखे ।
अर्को प्रसङ्गमा बोल्दै नेपालले राष्ट्रियसभामा गठबन्धनका सबैले साझा उम्मेदवार तय गरेर अगाडि बढ्ने बताए ।
उनले उपनिर्वाचनमा पनि पाँच दलिय गठबन्धन मिलेरै अगाढि बढ्ने विश्वास व्यक्त गरे ।
अध्यक्ष नेपालले मुलुकमा संघीयता, लोकतन्त्र तथा समावेशीताको रक्षा गर्दै जनताको अधिकार स्थापित गराउनका लागि वर्तमान गठबन्धनको सरकार बनेको जिकिर गरे। गठबन्धन आउँदो चुनाव सम्मै कायम रहने पनि नेपालले बताए।

माओवादी नेता रामचन्द्र झाको औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेश
नेकपा (माओवादी केन्द्र) का नेता एवं पूर्वमन्त्री रामचन्द्र झा आज औपचारिक रुपमा नेकपा (एकीकृत समाजवादी) पार्टीमा प्रवेश गरेका छन्। समाजवादीले झालाई यसअघि नै पार्टी सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो। कात्तिक २८ गते नै झालाई समाजवादीले सचिवालय सदस्यमा मनोनीत गरिसकेको थियो। झा सहित दुई हजारभन्दा बढी कार्यकर्ता एकीकृत समाजवादीमा प्रवेश गरेको दाबी गरिएको छ। झालाई समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फूल माला लगाएर पार्टीमा स्वागत गरेका छन् । यस्तै, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रवाट वरिष्ठ दन्त चिकित्सक डा. अजयकुमार झाको नेतृत्वमा नेपाली कांग्रेस परित्याग गरेर करिब पाँच सय समाजवादीमा प्रवेश गरेको पनि पार्टीले दाबी गरेको छ। डा. झा नेविसंघ धनुषाका जिल्ला अध्यक्ष समेत रहि सकेका छन्।