
जनकपुरधाम,०७८ मंसिर ८ गते । अन्तर्राष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिवसीय अभियान धनुषासहित देशभर सुरु भएको छ । ओरेक नेपाल धनुषाले पत्रकार सम्मेलनको आयोजना गरि “घर र समाजको ऐक्यवद्धता, लैगिक हिंसा विरुद्ध शुन्य सहनशीलता” नाराका साथ ओरेकले महिला हिंसाविरुद्ध १६ दिवसीय अभियानको सुरुवात गरेको जनाएको छ । नेपालमा १६ दिने अभियानको शुरुवात २०५४ सालदेखि भएको हो ।
सरकारले राष्ट्रिय नारा भने “घरैदेखि शुरु गरौं, महिला विरुद्धको हिंसा अन्त्य गरौं” भन्ने मुल नाराका साथ अभियानको सुरुवात गरेका छन् । महिला हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको सहयोगमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेका थिए । त्यसपछि हरेक २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको पाइन्छ । विश्वभरमा ३० वर्षदेखि वर्षेनी १६ दिवसीय अभियान संचालन गरिदै आएको छ ।
अन्र्तराष्ट्रिय महिला हिंसा विरुद्ध १६ दिवसीय अभियान चलाई रहँदा महिला हिंसालाई निरुत्साहित गर्न कानुनी रुपमा दण्डनिय मानिएको छ । तर पनि महिला हिंसाका घटनाहरुमा कमी नआएको ओरेक नेपालले जनाएको छ । ओरेक नेपालले अभिलेखीकरण गरेको तथ्यांक अनुसार गत ७ वर्ष (२०७२ देखि २०७८ सम्म) मा ११,२९२ जना महिलामाथि विभिन्न स्वरुपमा हिंसा भएको पाइएको जनाएको छ ।
ओरेकले यसवर्ष जम्मा १ हजार ७ सय ७२ वटा घटना अभिलेख गरेको छ । यी घटना मध्ये सबैभन्दा बढी महिला घरेलु हिंसाबाट प्रभावित भएको पाइएको छ । प्राप्त तथ्याङ्कका आधारमा यसवर्ष सबैभन्दा बढी ६३ प्रतिशत (१,११६ जना) महिलामाथि आफ्नै घरभित्र हिंसा भएको छ र हिंसा गर्नेहरूमध्ये सबैभन्दा बढी आफ्नै श्रीमान् र घरपरिवारका सदस्यहरू छन् । कुल १ हजार ११० घरेलु हिंसा मध्ये ७७ प्रतिशत (८६० जना) महिला श्रीमान्बाट र २३ प्रतिशत (२५०) महिला घरपरिवारका सदस्यबाट हिंसामा परेको ओरेक नेपालले सार्वजानिक गरेको तथ्यांकमा उल्लेख छ ।
घरेलु हिंसा सहन बाध्य महिलामध्ये सबैभन्दा बढी २६ देखि ३५ वर्ष उमेर समूहका ४२ प्रतिशत (४६४ जना) र १७ देखि २५ वर्ष उमेर समूहका ३३ प्रतिशत (३७१ जना) रहेका छन् । ८३ प्रतिशत (७४७ जना) साक्षर महिला हिंसाबाट प्रभावित रहेको तथ्याङ्कले देखाएको छ । यो तथ्याङ्कले सक्रिय रुपमा प्रजनन उमेरमा रहेका र सचेत महिला माथि धेरै हिंसा भएको देखाएको छ ।
नेपाल प्रहरीमा पनि आर्थिक वर्ष २०७७-७८ मा आएका उजुरी मध्ये सबैभन्दा धेरै घरेलु हिंसाकै रहेको पाइन्छ । यसवर्ष १४ हजार २ सय ३२ वटा उजुरी प्रहरीमा परेको छ । यो तथ्याङ्कले हिंसा सहन हुन्न भन्ने चेतना महिलामा बढेको देखिन्छ । तर घर भित्र भएका धेरैजसो हिंसाका घटना अझै पनि प्रहरी कहाँ पुग्न सकेका छैनन् । हिंसाको चरम अवस्थामा पुगेपछि मात्र पीडित प्रहरी कहाँ पुग्ने गरेको ओरेक नेपाल धनुषाका परियोजना संयोजक रोजलिन सिंह बछारले बताउनुभयो ।
नेपालको कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा (५०.४५) ओगटेका महिलाहरूको सामाजिक, आर्थिक, राजनीतिक, प्रशासनिकलगायतका सबै क्षेत्रमा पुरुषको तुलनामा पहुँच र उपस्थिति न्यून रहेको ओरेक नेपालले जनाएको छ । महिलाहरूको समान नागरिकको हैसियतमा पहिचान स्थापित हुन सकेको छैन । महिलाहरूको राजनैतिक सहभागीतामा वृद्धि भएको देखिन्छ, तर निर्णायक तहमा पुरुषको बाहुल्य नै हावी ओरेकले ठहर गरेको छ ।
प्रत्येक वर्षझंै यस वर्ष पनि समुदाय स्तरदेखि अन्तर्राष्ट्रिय स्तरसम्म महिला हिंसा अन्त्यका लागि भइ राखेका प्रयासप्रति ऐक्यबद्धता जनाउँदै ओरेक नेपालद्वारा “घर र समाजको ऐक्यबद्धता, लैंगिक हिंसा विरुद्ध शुन्य शहनशिलता”भन्ने मुख्य नाराका साथ समुदाय स्तरदेखि राष्ट्रिय स्तरसम्म विभिन्न कार्यक्रमको आयोजना गरेका छन् ।
अभियानकै क्रममा ओरेक धनुषाले २० नोभेम्बरमा १६ दिने अभियान सन्दर्भमा जनकपुरमा छलफल गरेका छन् । २१ नोभेम्बरमा कार्यक्रमको तयारी, लोगो फाइनलाइज गरेका छन् । २२ देखि २४ नोभेम्बरसम्म ३ दिने महिला अधिकार तथा नेतृत्व विकाससम्बन्धी तालिम मिथिला नगरपालिकामा सम्पन्न गरेका छन् । नोभेम्बर २४ का दिन मिथिला नगरपालिकामा १६ दिवसीय अभियानबारे वृहत्त रुपमा जानकारी गराउन पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
नोभेम्बर २५– जनकपुरधाममा महिला विरुद्धको हिंसा अन्त्यका लागि रयाली नोभेम्बर २६– लक्ष्मीनियाँ र मिथिला नगरपालिकामा स्कुल शिक्षा लैगिक हिंसा, बाल विवाहविरुद्ध १६ दिने अभियानको बारेमा जानकारी दिदै महिला हिंसाबारेमा छलफल नोभेम्बर २९ – जनकपुुरमा महिला मानव अधिकार रक्षक संजालमाथि भएका हिंसाका घटनामाथि छलफल र लक्ष्मीनियाँ गाउँपालिकामा हिंसा प्रभावित महिलाहरुलाई दिगो जिविकोपार्जनमा सहयोगको लागि बिऊ पुँजी वितरण गरिने नोभेम्बर ३०– मिथिला र लक्ष्मीनियाँ गाउँपालिकामा हानिकारक परम्पराविरुद्ध अभिमुखिकरण कार्यक्रम महिला समुहरुको सहयोगमा गरिने डिसेम्बर १ र २ – विश्व एड्स दिवस डिसेम्बर ५– विश्व स्वयंसेवक दिवसर मिथिला नगरपालिकामा न्यायिक समितीलाई २ दिने तालिमको आयोजना गरिने डिसेम्बर ५– महिला स्वयसेविकाहरुलाई महिला मानवअधिकार रक्षकको विषयमा अभिमुखिकरण गरिने डिसेम्बर ६– महिला सहिदहरुको सम्झनामा जनकपुरधाम, मिथिला नगरपालिका, धनुषाधाम र बटेश्वर गाउँपालिकामा दिपप्रज्वलन कार्यक्रम गरिने डिसेम्बर ६– महिला अधिकार रक्षक संजालले सचेतिकरणको लागि पर्चा पम्पलेट वितरण गर्ने डिसेम्बर १०– महिला मानव अधिकारकर्मीहरुलगायतले जनकपुरधाममा मानव अधिकार दिवस मनाउनेछ । १६दिने अभियान भित्र समेटिएका मुख्य दिवसहरु मिति दिवसहरु नोभेम्बर २५ महिला हिंसा विरुद्धको दिवस नोभेम्बर २९ महिलामानवअधिकार रक्षकहरुको अन्तराष्ट्रिय दिवस डिसेम्बर १ विश्व एड्स दिवस डिसेम्बर २ अन्तराष्ट्रिय दासताउन्मूलनदिवस डिसेम्बर ३ विश्वअपागंतादिवस डिसेम्बर ५ विश्व स्वयंसेवकदिवस डिसेम्बर ६ महिलाशहिदहरुको सम्मानदिवस डिसेम्बर १० अन्तराष्ट्रिय मानवअधिकार दिवस
Concept note for 16 days of activism