महोत्तरी – नेकपा (माओबादी केन्द्र) महोत्तरीको वडा अधिबेसन १२२ ठाउँमा सर्वसम्मत भएको छ । १३८ वडा मध्य बाकी १६ वडामा पाटीको बिधानमा उल्लेख भएका केही प्रक्रियागत अफ्ठ्याराले अधिबेसन बाकी रहेको माओबादी केन्द्र महोत्तरीले जनाएको छ ।
१६ वडामा अहिलेसम्म सेल कमिटी नबनेको, टोल भेला नभएको र सक्रिय सदस्यहरु टुंगो नलागेको हुनाले अधिबेसन हुन नसकेको माओबादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडकाले जानकारी दिए ।
‘आज यी सवै प्रक्रियागत अफ्ठ्याराहरु टुंगिएका छन भोलि नै बाकी वडामा अधिबेसन हुनेछ´ इन्चार्ज खडकाले भने । १६ वडाको अधिबेसन टुंगिएसगै माओबादी केन्द्र महोत्तरीको वडा अधिबेशन सम्पन्न हुनेछ भने दोश्रो चरणमा पालिका अधिबेसन सुरु हुनेछ ।
मनरासिस्वा नगरपालिकाको सवै वडाको अधिबेशन सकिएपछि नगर अशिबेसन समेत सम्पन्न गरेको माओबादी केन्द्र प्रदेश-२ का अध्यक्ष तुलसी ढुंगानाले जानकारी दिए ।
अहिले नेकपा (माओबादी केन्द्र) महोत्तरीमा ८ हजार नयाँ सदस्यहरुले नविकरण गरेको माओबादीले जनाएको छ ।


