
महोत्तरी- नेपाली काँग्रेस महोत्तरीको क्षेत्र नं. १ को सभापतिमा महेश कुमार झा निर्वाचित भएका छन् ।
नेपाली काँग्रेस १४औं महाधिवेशन अन्तर्गत महोत्तरी क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि छनौटको लागि शनिवार भएको मतदान मतगणनाको अन्तिम मत परिणाम अनुसार महेशकुमार झाले २१८ मत ल्याइ सभापतिमा निर्वाचित भएका हुन् भने उनको निकटतम प्रतिद्वन्दी राम श्रेष्ठ महताले २०७ मत प्राप्त गरेका थिए ।
त्यसैगरी क्षेत्रिय सचिवमा २२३ मत ल्याई सन्तोष गुरुङ र २११ पर्शुराम गिरि निर्वाचित भएका छन् ।
त्यसैगरी सहसचिवमा उत्सव दाहालले २७८ र सुरेश महतोले ३१५ मत ल्याई निर्वाचित भएका छन्।
त्यस्तै समितिमा जयराम भारती ,सुर्य बहादुर कार्की ,राम वीर यादव र महिला सदस्यमा संझना गौतम विजयी भएका छन् ।