महोत्तरी- महोत्तरी जिल्लाको भंगहा नगरपालिकाको नेकपा माओवादी केन्द्रको अध्यक्षमा राजेन्द्र प्रसाद सिंह सर्वसम्मतीले चयन भएका छन् ।
भंगहा नगरपालिका आज माओवादी केन्द्रको नगरकमिटी बन्द सत्रबाट सर्वसम्मतिले नगर अध्यक्षमा राजेन्द्र प्रसाद सिंहलाई पुन चयन गरिएको हो।
यस अघि केहि व्यक्तिहरुले आफ्नै ढंगले अध्यक्ष घोषणा गरेकाे प्रति आपति जनाउँदै बन्द सत्रका नेताहरुले आधिकारीक रुपमा भंगहा नगरपालिकाका अध्यक्षमा सिंहलाई चयन गरेको बताइएको छ ।आजको बन्द सत्र कार्यक्रमको प्रमुख अतिथि प्रदेश नम्बर २को आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साह रहेका थिए भने कार्यक्रमको अध्यक्षता राजेन्द्र प्रसाद सिंहले गरेका थिए ।




