काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको महाधिवेशनबाट राजेन्द्र लिङ्देन अध्यक्षमा निर्वाचित भएका छन्। लिङदेनले १८ सय १७ मत ल्याएका छन्। निर्वाचन समितका अनुसार वर्तमान अध्यक्ष कमल थापाले भने १६ सय १७ मत मात्र ल्याए।
शुरुदेखि नै अग्रता बनाउँदै लगेका लिङ्देनले थापाला झिनो मतान्तरले भए पनि पछाडि पारिरहेका थिए। थापाले फेसबुकमार्फत लिङ्देनलाई बधाई दिएका छन्।







