जनकपुरधाम- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले प्रदेश २ का ८ मध्ये ४ जिल्लामा जिल्ला अध्यक्ष चयन गरेको छ ।
पार्टी अध्यक्ष महन्थ ठाकुरले शुक्रबार प्रदेश २ का धनुषा, महोत्तरी, बारा र पर्सामा जिल्ला अध्यक्ष चयन गरेका हुन् ।
पार्टीको धनुषा जिल्ला अध्यक्षमा परमेश्वर साह, महोत्तरी जिल्ला अध्यक्षमा रामबाबु साह, बारामा नवल किशोर सिंह र पर्सामा पुरुषोत्तम झालाई मनोनयत गरेको छ ।
लोसपा नेपालको अन्तरिम विधान अनुसार चारै जनालाई जिल्ला अध्यक्षको जिम्मेवारी दिइएको छ ।
लोसपाले प्रदेश २ का बाँकी चार जिल्ला सर्लाही, रौतहट, सिरहा र सप्तरीमा चाँडै जिल्ला अध्यक्षहरु च्यन गरिने जनाएको छ ।
त्यस्तै, अध्यक्ष ठाकुरले उमाकान्त झालाई धनुषा र अभिराम शर्मालाई महोत्तरी जिल्लाको पर्यवेक्षकमा मनोनयन गरेका हुन् ।