धनुषा- धनुषाको बटेश्वर गाउँपालिकामा जारी बटेश्वर गापा अध्यक्ष कप “राष्ट्रिय महिला कब्बडी प्रतियोगिता २०७८ काे दाेश्राे सेमिफाइनलमा खेलमा लुम्बिनी प्रदेशले बाग्मती प्रदेशलाई हराउँदै फाईनलमा पुग्न सफल भएको छ।
आज भईरहेकाे सेमिफाइनलकाे पहिलाे खेलमा लुम्बिनी प्रदेशले २८ काे विरूद्ध ३१ अंक ल्याई विजयी प्राप्त गरेका छन्। यश अघि सेमिफाइनलकाे पहिलाे खेलमा खेल गण्डकी प्रदेशलाई हराउदै सुदुर पश्चिम प्रदेश फाईनलमा प्रवेश गरिसकेकाे छ।वटेश्वर गाउँ पालिकाको संयोजन तथा शिव शक्ति युथ क्लव बटेश्वरको आयोजनामा आयोजित प्रतियोगितामा ७ वटै प्रदेशको टिमको सहभागीता रहेको छ ।
फाइनल खेलमा प्रथम हुने टिमलाई १ लाख ५ सय ५, द्वितीय हुनेलाई ५० हजार ५ सय ५ र तृतीयलाई २५ हजार ५ सय ५ पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताका प्रचार प्रसार समितिको संयोजक मदन बिकले जानकारी दिए। प्रतियोगिता अवधिभर बेस्ट रेडर, बेस्ट डिफेन्डरको साथै सधै प्रतियोगितामा एक–एक जनालाई म्यान अफ दि म्याच प्रदान समेत गरिने आयोजक क्लवका जीवन भुजेलले बताए ।




