महोत्तरी- जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले शिक्षा र स्वास्थ्य सेवा अझै पनि आम जनताको पहुँच बाहिर रहेको बताएका छन् ।
महोत्तरीको रामगोपालपुर नपा ९ स्थित जानकी एकेडेमीक हस्पिटल प्रा.ली.को उदघाटन गर्दै अध्यक्ष यादवले ग्रामिण क्षेत्रको दुरदराजका आमनागरीकहरुले गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित हुँदा अनाहकमा ज्यान गुमाईरहको अवस्था रहेको बताए ।
उनले आज देखि संचालनमा आएको जानकनी एकेडेमिक हस्पिटलले ग्रामिण भेगमा पनि गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका जनतालाई सुलभ र बिश्वसनिय सेवा उपलब्ध गराउने बिश्वास व्यक्त गरे । ‘यो अस्पतालले जनताको स्वास्थ्य उपचारमा सहज पहुँचको चाहना पूरा गर्नेमा आफू बिश्वस्त छु’ उनले भने ।



पूर्वस्वास्थ्य राज्यमन्त्री डा.सुरेन्द्र यादवले महोत्तरीमा अस्पताल सञ्चालनमा ल्याएको यस अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लालबाबु राउतले स्वास्थ्य उपचारलाई सस्तो र सर्बसुलभ बनाउन सुझाव दिए ।

हस्पिटल संचालक डा. यादव केपी ओली नेतृत्वको सरकारमा उपेन्द्र यादव स्वास्थ्य मन्त्री रहँदा राज्यमन्त्री थिए ।
डा. यादवले २ सय बेडको अस्पताल संचालनमा ल्याएका हुन् ।
अस्पतालका संचालक डा. यादवको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा आन्तरिक मामिला तथा सन्चार मन्त्री भरत साह, समाजिक विकास मन्त्री नवल किशोर साह, पूर्व कृषि मन्त्री हरि नारायण यादव, प्रदेश सदस्य कौशल यादव सहितकाले मन्तव्य व्यक्त गरेका थिए ।
https://www.facebook.com/104607344773010/videos/214370007526879







