
महोत्तरी- महोत्तरीको भंगहा नगरपालिकाका मेयर संजिव कुमार साहले नगरपालिकाका कार्यालय भवनका लागि जग्गा सहयोग गरेका छन् ।
आफनो निजि जग्गा १० कठ्ठा १९ धुर आमा फुली साह सुडिको नाम रहेको जग्गा नेपाल सरोकारको नाममा बर्दिवास मालपोल कार्यालयमा आएर दान गरी सहयोग गर्नु भएको मेयर संजिव साहले बताए ।
मेयर साहका अनुुसार,“ यो जग्गाको हाल चलनचलतीको मूल्य प्रतिकठ्ठा १५ लाख रुपैयाँ रहेको बताए । सो अनुसार आफूले डेढ करोड रुपैयाँ भन्दा बढीको जग्गा नगरपालिका कार्यालयका लागि सहयोग गरेको हुँ ।
भंगहा नगरपालिका वडा नम्बर– ५ सीतापुर बजारमा हाम्रो आफ्नो जग्गा नगरपालिकाको प्रमुख प्रशासनिक भवनको लागि मेरो छोरा संजिव साहले दान गर्ने समाजिक सञ्जाल फेसबुकमा उल्लेख गरेको घोषणा अनुसार आईतवार आफु लगायत सम्पूर्ण परिवार आएर जग्गा पास गरेको मेयर साहको आमा फुली साह सुडीले बताईन् । उनले भने मेरो छोरा मेयर मात्र हैन मेरा सम्पूर्ण नगरपालिकाका आमाहरुका छोरा हुन र समय परेका वेलामा हरेक दुखी गरीवको छोरा बनेर जनताका लागि काम गर्ने आमा साहले बताईन् ।