महोतरी- महोतरीको सम्सी गाउपालिका प्रशासकिय अधिकृत संजय बाबु यादवले किर्ते हस्ताक्षर गरेको पाइएको छ ।
मंसिरमा प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी पाएका यादवले ४ महिना अगाबै सम्सीमा प्रशासकिय अधिकृतको रुपमा सिफारिस गरेको पाइएको छ ।
०७८ अषाढ १३ गते मल बिक्रेताको लागि कृषि सामग्री कम्पनी लि. र साल्ट ट्रेडिङ करपोरेशन लि. जनकपुरलाई यादवले प्रशासकिय अधिकृतको रुपमा हस्ताक्षर गरी पत्राचार गरेको पाइएको छ । यादवले पत्राचार गरेको मितिमा सम्सी गाउपालिकामा शम्भु ठाकुर प्रशासकिय अधिकृत थिए ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयबाट सम्सीमा सरुवा भएर आएका ठाकुर ०७८ अषाढ ११ गते हाजिर भएको पत्र मन्त्रालयलाई पठाएका थिए । मन्त्रालयमा ठाकुरले प्रशासकिय अधिकृतको जिम्मेवारी सम्हालेको जानकारी गराएको तीन दिनपछि अधिकृत यादवले गाउपालिकाको लेटर प्याडलाई दुरुपयोग र किर्ते गरी मलको सिफारिस गरेको पाइएको छ । तर, यादवले आफुलाई गाउपालिकाका उप प्रमुखले निमित प्रशासकिय अधिकृतको जिम्मेवारी दिएर बैठकमा सहभागि गराएपछि हस्ताक्षर गरेको बताए ।
संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयको स्थानीय तह कर्मचारी प्रशासन शाखाले सम्सी गाउपालिकामा स्वास्थ्य सेवा आयुर्वेद समुह, अधिकृत सातौ तहमा कार्यरत संजय बाबु यादवलाई प्रमुख प्रशासकिय अधिकृतको जिम्मेवारी दिएकोे छ । गाउपालिकामा प्रमुख प्रशासकिय अधिकृत हाजिर नभए सम्मको लागि आर्थिक तथा प्रशासनिक कार्य गर्ने ०७८ मंसिर १३ गते यादवलाई जिम्मेवारी दिइएको छ ।
मल सिफारिस समितिका संयोजक एवम् सम्सी गाउपालिकाकी उप प्रमुख नगिना देवीको अध्यक्षतामा ०८७ अषाढ १३ गते बसेको बैठामा प्रमुख प्रशासकिय अधिकृतको पदमा यादवलाई सहभागि गराइएको थियो । उप प्रमुख यादवले आफु निकट ६ वटा सहकारी संस्थालाई मल उपलब्ध गराउन गाउपालिकामा प्रशासकिय अधिकृत शम्भु ठाकुर हुदाहुदै यादवलाई निमित बनाएर सिफारिस गरेको पाइएको हो ।
उप प्रमुखले यादवले सम्सी-६ का सफल उपभोक्तासहकारी लि., सम्सी-३ का कालि माई उपभोक्ता सहकारी संस्था लि., सम्सी-७ आँगन उपभोक्ता सहकारी संस्था ली र सम्सी-४ माँ जानकी उपभोक्ता सहकारी संस्था लीलाई मल बिक्रेता छनौट गरिएको छ ।
बैठकमा समितिका सदस्य सचिव कृषि शाखा प्रमुख संतोष महतोको उपस्थिति गराइएको छैन । स्थानीय तहमा नेपाल सरकारले कृषकका लागि अनुदानमा उपलब्ध गराउने मल आपुर्ती तथा वितरण व्यवस्थापन प्रभावकारी बनाउन उप प्रमुख संयोजकत्वमा समिति गठन गरिएको छ । समितिमा प्रमुख प्रसकिय अधिकृत सदस्य र कृषि शाखा प्रमुख सदस्य सचिव रहने व्यवस्था छ ।




