काठमाडौं - नेपाली कांग्रेसका निवर्तमान सात सांसद प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालत गएका छन् ।
कांग्रेसका निवर्तमान सात सांसदको वारेस सहित पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खाती सर्वोच्च पुगेका हुन् ।
विघटित प्रतिनिधिसभा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरे, सचेतक सुशीला थिङ, सांसदहरू नागिना यादव, दीपक खड्का, जाबेदा खातुन र शान्ति विकको रिट सर्वोच्च अदालत गएका हुन् ।
संसद पुनर्स्थापनाको पक्षमा रहेकी पूर्व सांसद यादवले अनलाइनखबरसँग भनिन्, ‘पीडित पार्टी होइन । हामी हामी हौं । अदालतले पीडित आउनुपर्ने भनेको छ ।’
संसद् पुनर्स्थापनाको पक्षमा ४५ जनाले हस्ताक्षर गरिसकेको दाबी गर्दै यादवले हाल ७ जना मात्रै अदालत गएको बताइन् । पुनर्स्थापनाको पक्षमा अन्य सांसदहरू पनि रहेको उनले बताइन् ।
यादवले भनिन्, ‘पार्टीले संसद् विघटनलाई असंवैधानिक भनिसकेको हुँदा अदालत जान हामीलाई सजिलो पनि भयो । अदालत जान भनेर पार्टीले निर्णय गरेर गएका होइनौं ।’
प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा यसअघि नेकपा एमाले पनि गइसकेको छ ।




