महोत्तरी- ‘नेपाली काँग्रेसको महाेतरी जिल्लाको प्रतिनिधि सभा क्षेत्र नं.३ को स्थगित निर्वाचन प्रक्रिया जिल्ला अधिबेशन भन्दा अगावै गरौं’ भन्ने मांग का साथ आज बिहान ८ बजे देखि नेपाली कांग्रेस का पुर्ब महासमिति सदस्य एवं पुर्ब जिल्ला सचिव नेता बजरंग नेपाली आमरण अनसन (भोक हड्ताल) मा बसेका छ्न्।
नेपाली कांग्रेस महोत्तरीले २७ पुसमा निर्धारण गरेको जिल्ला अधिबेशन अस्वीकार गरेको छ । क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढंगबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै कांग्रेस महोत्तरीले आपत्ती जनाएको हो ।
कांग्रेस महोत्तरीले मंगलबार केन्द्रलाई ध्यानाकर्षण सहितको पत्र समेत पठाएको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिने साथीहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।
नेता नेपालीले विवादित ठाउँहरूको विवाद नटुङ्याएसम्म अधिवेशन गरे भोक हडतालमा बसि रह्ने बताए । नेता नेपालीको हडताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछि मात्रै जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले माग गरेको छ ।
नेता नेपालीका अनुसार आम नेपाली काँगे्रस जसले बिधी र प्रक्रिया अनुसार पार्टीको गतिबिधी अगाडी बढ्नुपर्छ भनि मान्यता राख्छन् । त्यस्ता हरेक कार्यकर्ता र नेताहरुको समर्थन रहेको छ।
भिडियो हेर्नुस्
https://www.facebook.com/104607344773010/videos/4853629781342113
https://youtu.be/nIQkGb7xOVk




