महोत्तरी- नेपाली कांग्रेस महोत्तरीका अनसनरत नेता बजरङ्ग नेपालीले अनसन तोडेका छन् । कांग्रेसका उपसभापति धनराज गुरुङले उनलाई जुस सेवन गराई अनसन ताेडाएका हुन् ।नेता नेपाली दुई दिनदेखि भोक हडतालमा रहेका थिए ।
अनसनरत नेपाली तथा नेपाली कांग्रेसको माग केन्द्रबाट सम्बोधन हुने भएपछि नेता नेपालीले भोकहडताल / अनसन तोडेको नेपाली कांग्रेस महोत्तरीका सचिव शम्भु पाठकले जानकारी दिए ।
नेता नेपालीले विवादित क्षेत्र नम्बर ३ को क्षेत्रीय अधिवेशन सकाएपछि मात्र जिल्ला अधिवेशन गराउनुपर्ने माग राख्दै दुई दिनदेखि भोक हडताल सुरु गरेका थिए ।
नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव समेत रहेका नेपालीको भोकहडताललाई केन्द्रले ध्यानाकर्षण जनाउँदै दुई माघमा क्षेत्र नम्बर ३ को अधिवेशन निर्धारण गरेको छ ।
https://www.facebook.com/watch/?v=619214046063173




