महोत्तरी।महोत्तरी क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य गिरिराजमणि पोखरेलले आफ्ना क्षेत्रमा समस्या समाधान गर्न गाउँ–गाउँ पुगेका छन् । बिकट गाउँ खयरमारादेखि हरित अभियान चलाइरहको विद्यालयसम्म मात्रै पुगेनन्, एक दशकदेखि निर्माण पुरा हुन नसकेको स्वास्थ्यचौकी स्थलगत अवलोकन गरेका छन् ।सहिद पार्कका लागि अध्ययन टोली खयरमारामा सहिद पार्क निर्माणका लागि नगरपालिकाले टोली बनाएर सम्भव्यताको अध्ययन टोली गठन गर्ने भएको छ । नेता पोखरेल र बर्दिबास नगरपालिका मेयर बिदुरकुमार कार्कीसहितको टोलीले खयरमाराको स्थलगत भ्रमण गरेपछि अध्ययन टोली बनाउन लागेको होे ।
‘प्रसुति गृह सञ्चालन हुन्छ’



बर्दिबास –१३ बिजलपुरामा एक दशकमा पनि स्वास्थ्य चौकको निर्माण काम पुरा हुन सकेको छैन । नेता पोखरेलले स्थानीबासिन्दासंग भेटेर तीन महिनाभित्र नयाँ भवनबाट सेवा सञ्चालन गर्ने विश्वास दिलाए । नेता पोखरेलले भने,‘बिजलपुराको स्वास्थ्य चौकी एकदशक हुँदा पनि अझै पुरा भएको छैन। हाम्रो लागि दःुखद कुरा हो ।’ फागुन भित्र शहरी विकास मन्त्रालय अन्तर्गतको भवन निर्माण विभागले भवन हस्तान्तरण गरिसक्ने नगरपालिकासँग सहमति गरेको नगर प्रमुख कार्कीले दावी गरे ।‘प्रसुति गृह सञ्चालन गर्ने, पहिल्यै तय गरेको एम्बुलेन्स सेवा लाई पुनः प्रभावकारी बनाउने र बिजलपुरा भित्र रहेका विपन्न , दलित तथा गरिब समुदायको बिचमा स्वास्थ बिमाको कार्यक्रम सञ्चालन गर्ने कार्ययोजना बनाएका छौं,’नेता पोखरेलले स्थानीयबासिन्दासंग भने,‘सम्बन्धित पक्षले आ–आफ्नो भुमिका निर्वाह गर्नुनै हुनेछ।मेरो हिस्साको भुमिका मैले निर्वाह गर्ने छु।
’‘हरित विद्यालय बनाउने प्रयत्नहरू सकारात्मक’
बर्दिबास–९ स्थित राष्ट्रिय माध्यमिक विद्यालय पशुपतिनगर बनरझुल्लामा जनसहयोगी युवा सञ्जालको अगुवाइनमा निर्माणाधिन बालउद्यान तथा चिल्ड्रेन पार्कको पूर्व शिक्षामन्त्री समेत रहेका नेता पोखरेलले अवलोकन गरेका छन् ।विद्यालयका प्रधानाध्यापक हरिदेव महतोले उनीसहित बर्दिबासका मेयर कार्कीसंग विद्यालयमा बालबालिकालाई बस्न डेक्सबेन्च अभाव रहेको सुनाए । अधुरो भवन, अधुरो घेराबेरा, पुरानो भवनको झ्याल तथा रंगरोगन, बाल उधानको बाटो ढलान, प्रबिधिक कक्षाका लागि कम्प्युटर खरिद, विज्ञान प्रयोगशाला, खेल मैदानको स्तरोउन्नती, शौचालको अभाव पुरा गरिदिन उनले ध्यानाकर्षण गराए ।मन्त्री पोखरेलले विद्यालय सुधारका लागि लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले चिल्डे«न पार्कका लागि थप्नुपर्ने सामाग्रीका तथा सुधारका लागि स्थलगत अनुगमन गरेको जानकारी दिए ।
‘हरित विद्यालय बनाउने सोच सहित एक वर्ष अगाडि पौष महिनामा राजकरण महतो सहितका अभियन्ताले मलाई बोलाउनु भएको थियो। एकवर्षपछी आज नगर प्रमुख सहित हामीले त्यो विद्यालयको अवलोकन गरेका छौं,’नेता पोखरेलले भने,‘ हरित विद्यालय बनाउने सन्दर्भमा अहिले सम्म गरेका पहल र प्रयत्नहरू सकारात्मक छन्।’ त्यस भित्र बढि मात्रामा अक्सिजन दिने बोट बिरुवा रोप्नु पर्छ ।’ विद्यालयको संचारनहरु समयअनुकुल बनाउनु पर्नेमा उनले जोड दिदैं भने, ‘बर्दिबास नगरपालिकामा सुरु गरेको हरित अभियानकै एउटा महत्वपूर्ण अङ्गको रुपमा यो विद्यालयले उदाहरणिय ढँगले काम गर्ने उनले अपेक्षा गरेको छु । ’
अस्पतालमा उल्लेख्य सुधार हुनेतीन महिनाभित्र बर्दिबास अस्पतालमा उल्लेख्य सुधार हुने भएको छ । अस्पतालको सेवा सुधारको विषयमा स्थानीयबासिन्दा, स्वाथ्यकर्मीसंग नेता पोखरेलले छलफल गरेका छन् ।
‘लामो मेहनत पछी एमडीजीपी गरेका चिकित्सक पाएको छ, ’ उनले भने,‘अहिलेको जनशक्ति परिचालन गरेर अस्पतालले आगामी तिनमहिना भित्र सेवा प्रवाहमा उल्लेख्य सुधार गर्ने ठोस योजना बनाउने भएको छ। ’माघ १ गते योग दिवस बर्दिबास नगरपालिकाले २०७८ माघ १ गते प्रभावकारी ढंगले राष्ट्रिय योग दिवस मनाउने बारे पनि छलफल गरिएको छ । ‘बर्दिबासलाई योगयुक्त नगर बनाउने पछिल्लो बर्षको घोषणा लाई पुनः स्मरण गराउँछु,’नेता पोखरेलले त्यसक्रममा भने,‘कोरोनाको पछिल्लो संक्रमणका घटना र पृष्ठभूमिसँग जोडेर आयुर्वेद संग सम्बन्धित पक्षले सचेतना र बिरामीहरुको स्क्रिनिङ गरि अहिले भएका औषधीहरु बितरण गर्नु हुनेछ भन्नेमा म विश्वस्त छु ।’





