रामेछापमा बाल यौन दुराचारको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार आइतबार आफ्नै विद्यार्थीलाई जवरजस्ती करणी गर्ने उद्देश्यले यौन दुराचारको आरोपमा सप्तरीको बलनबेहाल गाउँपालिका वडा नम्बर–२ चण्डी घर भएका ३८ वर्षीय शिक्षक दिनेश कुमार गुप्तालाई पक्राउ गरिएको हो ।
उनलाई आइतबार दिउँसो ४ बजे मन्थली नगरपालिका वडा–११, गेलु बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी श्रीशंकर श्रेष्ठले जानकारी दिए ।
आरोपित शिक्षक गुप्तालाई पक्राउ गरी घटनाबारे थप अनुसन्धान भइरहेको श्रेष्ठको भनाइ छ ।