महोत्तरी।महोत्तरीमा कोरोनाले एकजनाको मृत्यु भएको छ । औरही नगरपालिका ३ श्रीपुर निवासी २६ वर्षिय एक पुरुषको विहिवार राती ११ बजे उपचारको क्रममा वि.पि. विज्ञान प्रतिष्ठान घोपा क्याम्प धरानमा मृत्यु भएको हो ।
पेटको समस्या रहेका उनी गत पौष २३ गते विरामी भई गोदावरी अस्पताल जनकपुरमा भर्ना भएकोमा उपचारको क्रममा उनको शल्यकृया भएको र थप उपचारको लागि माघ २ गते घोपा क्याम्प धरान गएकोमा धरानमै गरिएको पिसिआर जाँचमा उनको कोभिड रिजल्ट पोजिटिभ आएको थियो ।
यता उपचाररत मृतक पुरुषको मृत्यु भएपछि उनको शव गाउमै ल्याएर सदगत गरिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड फोकल पर्सन गिरेन्द्र कुमार झाले उनको शुक्रवार साझ गाउ नजिकै अन्त्येष्टी भएको र उपलब्ध भएको जानकारी अनुसार भिडभाड नगरि स्वास्थ्य मापदण्ड अपनाई अन्त्येष्टी भएको बताए । कोभिडको नयाँ सिजन सुरु भएसंगै यो पहिलो मृत्यु हो ।
महोत्तरीमा यो सहित ९१ जनाको मृत्यु भईसकेको छ ।




