जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेशका किसानहरुको समस्या पहिचान तथा समाधान गर्न उच्च स्तरीय समिति गठन गरेको छ ।
सरकारको आज शनिवार बसेको मन्त्री परिषदको बैठकले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विजय कुमार यादवको संयोजकत्वमा पाँच सदस्यीय उच्च स्तरीय समिति गठन गरेको हो ।
समितिमा उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री शत्रुधन महतो , आन्तरिक मामिला तथा संचारमन्त्री भरत प्रसाद साह, अर्थमन्त्री शैलेन्द्र प्रसाद साह र खानेपानी तथा उर्जा विकास मन्त्री ओम प्रकास सर्राफ रहेका छन् ।
समितिलाई कृषि तथा पशुपक्षि विकास, किसानको मलखाद, विउविजन तथा सिचाई समस्या , विमाको अवस्था , डुवान कटानको अवस्था , कृषि यान्त्रीकीकरणको अवस्था र अगामी रणनीति, कृषि विद्युतिकरणको अवस्था , मधेस प्रदेशको भू-उपयोग नीति निर्माण एवं मधेश सरकारले कषि सुधारको लागी गरेको गतिविधिको समीक्षा एवं अगामी योजना बारे नीति निर्माण गर्ने जिम्मेवारी दिइएको सरकार प्रवक्ता एवं अर्थमन्त्री शैलेन्द्र प्रसाद साहले जानकारी दिए ।
१५ दिन भित्र अन्तरिम प्रतिवेदन मन्त्री परिषदमा पेश गर्ने समय सिमा दिइएको उच्च स्तरीय समितिलाई १ महिनामा पूणर् प्रतिवेदन पेश गरिने समय सिमा दिइएको प्रवक्ता साहले बताए ।